X wada

मुख्य समाचार

    Showing १०१-११० of २,९६८ items.
  • जमरा राख्दै दशैंको शुरुवात

    सिरहा,असोज ६ गते । श्रद्धा एवम् निष्ठापूर्वक देशैभरी धुमधामसँग मनाइने नेपालीहरुको महत्वपूर्ण चाड वडा दश्मीको पहिलो दिन सिरहाका विभिन्न शक्ति पिठ तथा दुर्गा मन्दिरहरुमा पनि बडो धुमधामसँग कलश यात्रासंगै विधिपूर्वक जमरा राखि घटस्थापना गरीएको छ ।बडा दशैंको पहिलो दिन सिरहाका विभिन्न शक्ति पिठ तथा देविका प्रतिमा बनाएर दुर्गा पुजा गरिने स्थानमा जौ, तिल, धान, गहूं सहित जमरा राखिएको छ । तराई मधेशमा दश दिन सम्म धुमधामसंग मनाउने विजया दश्मीमा सवै जसो गाउँ नगर देवी दुर्गाको भजन गुञ्जिन थालेका छन् ।घटनास्थापनाका दिन राखिएको जमरा विजया दशमीको दिन टीकासँगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहँदै आएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • २९९ पटक पढिएको
  • सर्लाहीका एभरेष्ट एकेडेमी विजयी : महिला गोल्डकप

    सिरहा, असोज ५ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ९ निर्मल लामा कभर्ड हलमा जारी प्रथम महिला फुटवल प्रतियागितामा एभरेष्ट एकेडेमी टिम सर्लाही विजय भएको छ । भव्सी एकेडेमी टिम महोत्तरीलाई तीन गोलका विरुद्ध एक गोलले सर्लाही टिम प्रथम  भएका हुन् । प्रथम हुने एभरेष्ट एकेडेमी टिम सर्लाहीलाई एकाउन्न हजार नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र र द्वितिय हुने भव्सी एकेडेमी टिम महोत्तरीलाई पैतिस हजार नगद सहित शिल्ड, मेडल, प्रमाणपत्र र नगद पैतिस हजार सहित आयोजकले प्रदान गरेका हुन् ।धनगढी फुटवल टिम सिरहाद्वारा भदौ २० गते देखि शुरु भएको प्रथम महिला गोल्डकपमा प्रतियोगितामा मधेश प्रदेश, कोशी प्रदेशका स

    • प्रकाशित मितिः असोज ५, २०८२
    • ४८४ पटक पढिएको
  • सिरहाको कार्यालयहरुमा कामकाज सुचारु

    सिरहा,असोज २ गते । भदौ २४ गते जी एन जी प्रदर्शनका क्रममा तोडफोडसंगै आगजनीले खण्डहर बनेका सिरहाका कार्यालयहरुले सरसफाई गरी सेवा सुचारु गर्न थालेका छन् । प्रदर्शनका क्रममा तोडफोड एवम् आगजनी बनेका कार्यालयहरुले कार्यालय सरसफाई गरी भित्र बसेर सेवा दिन तत्कालै अवस्था नरहेकाले कर्मचारीहरु कार्यालय बाहिर टेबुल कुर्सी राखेर कार्यालय संचालन गरिरहेको छ । आगजनी तथा तोडफोडका कारण कार्यालयहरुमा इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राहीको चाहना अनुसार काम गर्न नसकेपनि रुट परमीट, पटके र गाडी नविकरण जस्ता सामान्य सेवाग्राहीलाई सेवा दिइरहेको यातायात व्यवस्था विभाग कार्यालय लहानले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः असोज २, २०८२
    • ५४१ पटक पढिएको
  • थारु लघु चलचित्र लैहरा आज देखि प्रदर्शन

    सिरहा,असोज १ गते । थारु लघु चलचित्र लैहरा आज देखि प्रदर्शनमा आएको छ । सिरहाको लहान नगरपालिका वडा नं. १५ स्थित राजदवी पंचावती मन्दिरको सभाहलमा थारु भाषमा निर्माण गरिएको नारी कथामा आधारीत थारु लघु चलचित्र लैहराको प्रथम शो प्रदर्शन गरिएको हो ।आदिवासी थारुको कला संस्कृति लाई जगेर्णा गर्न निर्माण गरिएको उक्त चलचित्रमा चाडपर्वमा नारीहरुको मनोभाव संगै जितिया पर्वको विषय समेटिएको चलचित्रका निर्मार्ति जसो कुमारी चौधरीले जनाईन् ।  थारु भाषाको लैहरा शब्दका नेपालीमा अर्थ माईती हो । थारु भाषामा लैहराको महत्वका विषयमा थारु विवाहित महिलालाई जितिया पर्वको वेला लैहरा जाने साथीसंगि संग भेट्ने,दुःख सुः

    • प्रकाशित मितिः असोज १, २०८२
    • १,०५६ पटक पढिएको
  • लुटिएको खाद्यान्न फिर्ता गर्न थाले

    सिरहा,भाद्र २९ गते । जेनजीको प्रदर्शनको क्रममा भाद्र २४ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट लुटिएको चामल र चिनी आजदेखि फिर्ता हुन थालेको छ । प्रदर्शनको क्रममा लुटिएका सामानहरु एक हप्ताभित्र फिर्ता नगरे कानुनी कार्वाही गर्ने जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि आजदेखि लुटिएको सामानहरु फिर्ता हुन थालेको हो । लिमिटेड कम्पनीका सूचना अधिकारी अनिल कुमार महतोले अहिलेसम्म एघार बोरा चिनी र विभिन्न प्रकारका ७१ चामलको बोरा फिर्ता आएको वताउनुभयो । प्रदर्शनको क्रममा उक्त कम्पनी लिमिटेडबाट आठ हजार पाँच सय बोरा चालम र तीन हजार दुई सय बोरा चिनी लुटिएको कार्यालय श्रोतको दावी छ ।&n

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • २७४ पटक पढिएको
  • जितिया पर्व धुमधामसँग मनाइँदै

    सिरहा,भाद्र २९ गते । तराई मधेशमा धुमधामसँग मनाइने जितिया पर्व आज बडो उल्लासमय तरिकाले विवाहित महिलाहरुले मनाइँदैछ । जितिया पर्वले सन्तानको दीर्घायु, समृद्धि र भाई बहिनीको प्रेम प्रगाढ हुने जनविश्वास रहेको छ । तीन दिनसम्म मनाइने पर्वको आज मुख्य दिन श्रद्धालु महिलाहरु निराहार बसी विहानैदेखि नुहाई धुहाई गरी जितुमाहन बनाएको ठाउँमा पूजापाठ गरी मनोरन्जनात्मक ढंगले मनाइँदैछ । बडो निष्ठापूर्वक मनाइने यो पर्वको भोलि अर्थात् सोमवार श्रद्धालु महिलाहरु पोखरी, तलाउ र नदीमा स्नान गरी अाँगनमा घिरौलाको पातमा दहि,चुरा,घिरौलाको फूल चढाई पुजा अर्चना गरी वर्त सम्पन्न गर्ने प्रचलन रहि आएको छ । 

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ३०५ पटक पढिएको
  • सिरहामा निषेधाज्ञा र कफ्र्यू हट्यो

    सिरहा,भाद्र २८ गते । सिरहाको जनजीवन सामान्य बन्दै गएकाले जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा तथा कफ्र्यूलाई संशोधन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाद्वारा जारी सूचना अनुसार जनजीवन सामान्यतर्फ फर्किएकाले सिरहा कारागार सय मिटर वरिपरिमा साँझ ७ बजेदेखि भोलि विहान ६.०० बजेसम्म मात्र कफ्र्यू लगाइएको वताइएको छ । कफ्र्यू र निषेधाज्ञा हटाएसँगै सिरहाका बजार, पसलहरु खुलेका छन् भने यातायातका साधनहरु निर्वाध रुपमा संचालनमा आएको छ । 

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • २७८ पटक पढिएको
  • जितिया पर्व सुरु

    सिरहा,भाद्र, १८ गते । सन्तानको दिर्घायु र समृद्धिका लागि तराई मधेशमा धुमधामसँग मनाइने जितिया पर्व आजदेखि शुरु भएको छ । तीन दिनसम्म थारु तथा मधेसी विवाहित महिलाहरुले मनाइने पर्वको आज पहिलो दिन (नहाय खाय) नुहाई चोखो भई पुजाअर्चना गर्ने दिन भएकाले व्रतालु महिलाहरुले नजिकको पोखरी, तलाउमा नुहाउन तथा पूजा पाठ गर्न भीडभाड देखिएको छ । आश्विन कृष्ण पक्षको सप्तमी तिथीबाट सुरु भई अष्टमीमा निराहार वर्त वसी नवमी तिथीमा सम्पन्न हुने यस वर्ष शनिबार र आईतबाट परेकाले सुईध लागेकाले विचमा जितिया छुटेको र नायाँ वर्तालुहरु जितिया सुरु गर्ने अवसरले पनि यस वर्षको पर्व महत्वपूर्ण रहेको वताइएको छ । आईतव

    • प्रकाशित मितिः भदौ २८, २०८२
    • ३२४ पटक पढिएको
  • सिरहामा क्षतिको विवरण संकलन शुरु

    सिरहा, भदौ २७ गते । जेनजीको प्रदर्शन, आगजनी तथा तोडफोडको क्रममा सिरहामा भएको क्षतिको विवरण सम्बन्धित कार्यालयहरुले आजदेखि शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयले विहीबार आगजनी तथा तोडफोडको क्रममा भएको क्षति विवरण २९ गतेभित्र गरिसक्ने कार्यालयहरुलाई पत्राचार गरेपछि आजदेखि सो कार्य शुरु भएको हो । लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाका अनुसार लहान नगरपालिकामा धेरै क्षति भएको कारण सम्पूर्ण विवरण संकलन गर्न केही समय लाग्ने वताउनुभयो ।सिरहा जिल्लामा स्थानीय तह लहान, सिरहा, गोलबजार, धनगढी, नरहा, मिर्चैया लगायतका एक दर्जन बढी र सरकारी अड्डाहरु सिरहा जिल्ला अदालत, डिभिजन वन का

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • २७८ पटक पढिएको
  • जेनजीको आगजनी तथा तोडफोडले करोडौको क्षति : लहान नगरपालिका

    सिरहा,भाद्र २७ गते  । दुई दिन चलेको जीनजीको प्रदर्शन, तोडफोड र आगजनीले सम्भवतःसिरहामा सबैभन्दा बढी लहान नगरपालिकामा क्षति पुगेको छ । जीनजीको प्रदर्शन तथा आगजनीले करोडौका भवन काम नलाग्ने भएको छ भने नगरपालिकाको महत्वपूर्ण कागजात, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचर, एसी. लगायतका सामानहरु तोडफोड तथा आगजनीले नष्ट भएको जिन्सी प्रमुख भवानीलाल चौधरीले उल्लेख गर्नुभयो । कार्यालयका भवन, फर्निचर, सरसामान, कागज श्रेस्ताहरु सबै जलेर नष्ट भएका कारण खण्डहर बनेका नगरपालिकाका कार्यालय सुचारु हुन अनिश्चित भएको छ । कार्यालय संचालन भए पनि खोजेको श्रेस्ताहरु पाउन मुश्किलका कारण सेवाग्राही मारमा प

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • २८२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२