सिरहा, असोज, ५ गते । धनुषा जिल्लाको अति ग्रामीण क्षेत्र डुमरियामा महान शहीद क.सूर्यनाथ रान यादवको नामबाट स्थापित सूर्य नाथ रान यादव अस्पताल संचालनमा आएको छ । उक्त अस्पतालको उद्घाटन विधिवत् रुपमा पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको हो । 

अस्पतालको उद्घाटन गर्नुहुँदै पूर्व प्रधानमन्त्ती तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले ग्रामीण भेगमा स्थापित यस अस्पतालले यस भेगका वासिन्दाहरुलाई स्वास्थ्य सेवा लिन भोगिरहेको समस्या समाधान हुने उल्लेख गर्नुभयो ।

vlcsnap-2026-09-21-18h38m04s126

स्थानीय बुद्धिजीवी, अस्पताल विद्यालय व्यवस्थापन समिति, स्थानीय नेताहरुको सक्रियतामा ५५ वेडको अस्पताल संचालनमा आएपछि यस भेगका गरिव, विपन्न लगायतका स्थानीयहरुलाई स्वास्थ्य सेवा सहज र सरल तरिकाले स्वास्थ्य लाभ दिने आकलन गरिएको छ । 

संघीय सरकारको लगानीमा एक दशक अगाडि निर्मित भवन विभिन्न प्राविधिक कठिनाईका कारण संचालनमा आउन सकेका थिएन् । स्थानीय जग्गा दाताको २ विघा क्षेत्रफलमा निर्माण भएको ५० सैय्या यो अस्पताल अस्पतालको भवन निर्माण भए पनि विविध प्राविधिक कठिनाईका कारण हालसम्म संचालनमा आउन सकेका थिएन् । मधेश प्रदेशका मुख्य मन्त्री कृष्ण प्रसाद यादवले निर्मित अस्पताल मधेश प्रदेश सरकार मातहतमा आइसकेकाले आजबाट यस अस्पताललाई सेवा दिन कुनै कठिनाई व्यहोर्न नपर्ने वताउनुभयो ।

vlcsnap-2026-09-21-18h36m23s141

ओएनएमको समस्याका कारण बजेट र जनशक्तिहरु हालसम्म पठाउन सकेको थिएन । ती समस्याहरुको समाधानसँगै मधेश प्रदेश सरकारले अस्पताल संचालनको लागि अतिरिक्त बजेट पनि छुट्याइसकिएकोले अबका दिनमा अस्पतालले आर्थिक तथा जनशक्तिको अभाव खेप्न नपर्ने मधेश प्रदेशका अर्थ मन्त्री युवराज भट्टराईले वताउनुभयो । 

स्वास्थ्य मन्त्री नागेन्द्र साहले अस्पताल संचालनको लागि बजेट र दक्ष जनशक्ति क्रमशः परिपूर्ति भइरहेकोले विरामीको चापको आधारमा इमर्जेन्सी सेवा लगायत अन्य सेवाहरु क्रमिक रुपमा थपिंदै जाने वताउनुभयो । 

नेपाली कम्युनिष्ट पार्टीका नेता गिरिराजमणि पोखरे स्वास्थ्यमन्त्री भएको बखत त्यस भेगका गरिव विपन्नहरुलाई सर्व सुलभ तरिकाले स्वास्थ्य सेवामा सहज पुर्याउने उद्देश्यले उक्त ठाउँमा अस्पताल निर्माण प्रस्ताव पास गर्नुभएको थियो ।

vlcsnap-2026-09-21-18h36m51s163