२८ भदौ, सिरहा । लागू औषध गाँजा मुद्दाका फरार प्रतिवादी सुरुंगा नगरपालिका ५ का ४७ वर्षीय मोहमद सावीर अलीलाई सिरहा प्रहरीले आज सप्तरीको कदमाहाबाट पक्राउ गरेको छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुरुंगा नगरपालिकाका नगर सभापति हुन् ।
अलीलाई आज रास्वपा सुरुंगा नगरपालिकाका पार्टी कार्यालयमा बसिरहेको अवस्थाबाट सप्तरीको भेडिया इलाका प्रहरी कार्यालयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार, २०८१ मंसिर २९ गते सिरहाको धनगढीमाई नगरपालिका १० जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट राजमार्ग पार गर्दै दक्षिण जान लागेको बा.८ च ९९६३ नम्बरको गाँजा बोकेको कारलाई ठक्कर दिएको थियो । कारमा एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो । सोही घटनामा संलग्न रहेको प्रहरी अनुसन्धानमा हुसेन पक्राउ परेको प्रहरीले जनाएको छ ।












