सिरहा,असोज ४ गते । शान्ति सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवार प्रहरी प्रशासन कै हुने गरे पनि ईलाका प्रहरी कार्यालय धनगढीको प्रमुख सुनिल कुमार सिंहकै सामु आरके मेडिसिटीमा काम गर्ने स्वाथ्यकर्मी तथा डाक्टर माथि स्थानिय युवाहरु हातपात गरेका छन् ।

ईलाका प्रहरी कार्यालय प्रमुख अगाडी सोमबार साझ स्थानिय शम्भुले मोटरसाईकल दुर्घटना परेका स्थानिय १० वर्र्षीय कृष्ण यादबलाई लिएर आरके मेडिसिटी होस्पिटलको ईमरजेन्सीमा भर्ना गरेको र उनलाई एक्सरे गर्न ढिलाई भएको भन्दै गालीग्लोज गर्दै हातपात गरेको स्वाथ्यकर्मीकोे भनाई रहेको छ  ।

सोमवार साझ करिब ७ बजेको समयमा स्थानिय शम्भु यादबले एक्सरेमा कार्यरत स्वास्थ्यकर्मी  रंजित सिंहलाई एक्सरे गर्नमा ढिलो भएको भन्दै हातपात गरेका छन् ।

अस्पतालका कार्यकारी निर्देशक देबेन्द्र सिंहका अनुसार एक्सरे गर्ने कोठामा हो हल्ला भएपछि मलाई जानकारी हुन साथ म उक्त कोठामा गएपछि स्थानिय जितेन्द्र यादबले मलाई समेत गाली ग्लोज गरेको बताए ।

प्रहरीको सामु स्वास्थ्य कर्मी माथि हातपात गरेको र प्रहरी मुख दर्शक भएको प्रहरीकै अगाडी धम्की पूर्ण भाषा प्रयोग गरेपनि प्रहरी केही नगरेको दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा कार्यकारी निर्देशक देबेन्द्र सिंहले निवेदन दर्ता गराएको छ ।