सिरहा,असोज १६ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नंं. २ मा केन्द्रीय कार्यालय रहेको अपन बहुउद्देशय सहकारी संस्थाको शााखा कार्यालय लहानले बचत कर्ताले गरेको बचत फिर्ता दिन आनाकानी गरेको छ ।

उक्त संस्थाले लहान बजारमा शाखा कार्यालय संचालन गरी स्थानियहरु संग लिएको दैनिकि बचत्त वापतको लाखौको रकम फिर्ता गर्न नमानेपछि उपभोत्ता  विचल्लीमा परेको छन् ।

ज्यालादारीमा काम गरि केही रकम दैनिकी बचत गरेको  समय सिमा वितिसक्दा पनि वचत गरेको रकम लिन सास्ती भएको हो ।

संस्थाको शाखामा विगत ६ महिना देखि धाउदा पनि आफूले वचत गरेको रकम कार्यालयका प्रमुख हेमन्त चौधरीले दिन नमानेको नागो चन्द्र देवले वताउनु भयो ।

फोन नलाग्ने, प्राय कार्यालय बन्द रहने शाखा कार्यालयका प्रमुख चौधरी भटे पनि आफूहरुले जम्मा गरेको रकम दिन आनाकानी गरेको देवले जनाउनु भयो ।

main2

अर्को बचत कर्ता ईन्द्र नारायण चौधरीका अनुसार दैनिकी बचत गर्दै आईरहेको संस्थामा बचत्त गरेको पैसा फिर्ता नदिदा आफूहरुको  सारै अन्यायमा परेको जनाउनु भयो।

लहानमा रहेको शाखा कार्यालयले इन्द्र नरायण चौधरीको रु १८०००,नागो चन्द्र देव को रु ४६४६७, मधुकर चौधरी रु ११८००, प्रमोद चौधरी रु ५९०००, उमेश कुमार यादव  रु १३८०० र सुनिल चौधरी लगायत धेरैको रकम फिर्ता गर्न नमानेको बचत कर्ता उमेश कुमार यादवले उल्लेख गर्नु भयो ।   

यता संस्थाको शाखा प्रमुख चैधरी संग प्रतिक्रिया लिदा सवैको रकम दशै भन्दा पहिले नै फिर्ता गर्ने बताउनु भयो ।