सिरहा,असोज १७ गते । सिरहाको सुखिपुर नगरपालिका वडा नं. १० ललसैहिया स्थित डिहि दुर्गा मन्दिरमा कलश यात्रा सम्पन्न भएको छ ।विजया दश्मीको पहिलो दिन घटस्थापनाको अवसरमा धर्महरु आस्थाको प्रतिक भएकाले दुर्गा भगवती मन्दिरलाई पर्यापर्यटन विकासका लागी प्रदेश सरकारको माध्यमले मन्दिरलाई सौन्दर्यको लागी रंगरोग,टायल्स र लाईट लगाउने मधेश प्रदेशको समानुपातिक सांसद सहिवा खातुनले बताउनु भयो ।गागन नदीमा कलश यात्रीले जल भरी दुर्गा भगवतीको परिसरमा श्रद्धालुहरुले कलश व्यवस्थान गरेका छ । दशैमा वर्षेनी घटस्थापनाको दिन कलश यात्रा निकालि भगवतीको मन्दिरमा कलश स्थापित गरी भव्य रुपमा पुजाअर्चना गर्ने गरेको छ ।जन
सिरहा,असोज १७ गते । आज दशैको पहिलो दिन घटस्थापना देशै भरी विभिन्न शक्तिपिठ र घरघरमा कलश स्थापना गर्दै छन् ।कलश स्थापना गर्न सिरहाको धनगढीमाई नगरपालिका वडा नं.१ मेदनीपुरको स्थित सरस्वती खोलामा जल भर्न श्रद्धालु भक्तजनहरु घुईचो लागेको छ ।आज देखि विधिवत रुपमा दश दिन सम्म पुजाआर्चना गरी मनाउनको लागी देवीको कलश स्थापनाको लागी लहान नगरपालिका र धनगढीमाई नगरपालिकाको विभिन्न वाडा तथा गााउँबाट जल भर्न खोलामा घुईचो लागेको थियो ।बाजागाजा सहित भजन किर्तन गर्दै सयौको हराहारीमा करिव दश भन्दा बढी कलश यात्रीहरु जल भर्न सरस्वती खोलामा जल भरी शक्ति पिठ तथा पुजा कोठा कलश स्थापना गरेका थिए ।
सिरहा, आसोज १५ गते । सिराहाको नवराजपुर गाउँपालिका वडा नं. १ भगवतीपुरबाट सोमबार प्रहरीले प्रतिबन्धित लागुऔषधी सहित लक्ष्मीपुरपतारी गाउँपालिका– ६ सीतापुरका करिब ४० वर्षीय भगत यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ परेका यादवले बोकेको बोरामा एक सय एमएलको ८४ बोतल कोडिन फस्फेट विक्सिडन सिरप, एक सय एक एम्पुल फेनार्गन, ९५ एम्पुल डाइजिपाम र ९८ एम्पुल बुप्रेनर्फिन बरामद भएको जनाएको छ ।प्लास्टिकको बोरा बोकेर भगवतीपुर हुँदै सीतापुरतर्फ आउँदै गरेका यादवलाई शंकाको आधारमा रोकेर बोराको जाँच गर्दा उक्त परिमाणको लागुऔषध बरामद भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेक
सिरहा,असोज १५ गते । जिल्ला सम्वय समितिका सभापति दिनेश महतोले घर परिवार, कार्यालय वा संघ संस्थाहरुले आ आफ्नो लेखाजोखा राख्दैन तवसम्म त्यो राम्रोसंग चल्न र पत्याउन नसकिने जनाउनुभएको छ । सिरहाको लहानमा अवस्थित दलित जनकल्याण युवा क्लवको १८ औं वार्षिक समाजिक लेखाजोखा कार्यक्रम उहाँले सो कुरा वताउनुभएको हो । सभापति महतोले संस्थाको मुख्य कुरा भनेको पारदर्शिता हो जुन संस्थामा पारदर्शिता छैन त्यो संस्थाको दीगोपना नहुने वताउँदै संघ संस्थाको सामाजिक लेखाजोखा सार्वजनिक गर्नु नै मुख्य कुरा भएको उल्लेख गर्नुभयो । धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले आफ्नो नगर क्षेत्रभित्र पाँच वटा वडामा
सिरहा १५ गते । असोज ११ र १२ गतेको अविरल वर्षाले सिरहा पनि अछुतो रहेन । सिरहा जिल्लामा भौतिक एवम् मानवीय क्षति नभए पनि नदीको वरपर सयौं विघा खेती योग्य जग्गा कटान गरिदिंदा किसानहरुलाई चिन्तामा डुबाएको छ भने नदीहरुको बाँध भत्काउँदा गाउँ नै बगाउने हो कि भन्ने त्रसदी पनि उत्तिकै छ । सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदिमा असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीले त्यस क्षेत्र वरपर सयौं विघा खेती योग्य जग्गा कटान गरिदिंदा त्यस भेगका किसानहरु चिन्तित मात्र छैनन गाउँनै बगाउँला भन्ने त्रासदी पनि उत्तिकै छ । बाढीले लहान नगरपालिका वडा नं. २३ तिलेबोनामा मात्र १० विघा खेती योग्य जग्गासँग
वीरगञ्ज, १४ असोज । त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरुमा बर्षेनी विद्यार्थीको सङ्ख्या घट्दै गईरहेका बेला मधेस विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । स्थापना भएको पहिलो एक बर्षमै अर्थात अघिल्लो आर्थिक बर्ष २०८०÷८१ बाटै कानून संकायतर्फ बीए एलएल बी र जनप्रशासन संकायतर्फ बिपीएम कक्षा सञ्चालन गर्दै आएको मधेस विश्व विद्यालयमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढ्दै गएको हो । विश्वविद्यालयले सञ्चालन गरेको दुबै संकायमा निर्धारित सङ्ख्या भन्दा बढी विद्यार्थीले आवेदन दिएपछि यसबर्ष पनि छनौट प्रवेश परीक्षा (इन्ट्रान्स) सञ्चालन गर्ने तयारी गरेको छ । “अघिल्लो बर्षको
सिरहा,असोज ८ गते । सन्तानको दिर्घायु, पारिवारिक समृद्धि र सुख शान्तिको कामना गर्दै तराई मधेश मनाईने जितिया पर्व आजदेखि शुरु भएको छ । जितिया पर्वको आज पहिलो दिन ‘नहा खाय’ दिन भएकाले आज विहानैदेखि सिरहाका नदी तलाउ पोखरीमा नुहाउने महिलाहरुको भीड लागेको छ । महिलाहरुले नजिकैका नदी र पोखरीमा स्नान गरीे घिरौलाको पातमा घिरौलाको फूल,पिना, तेल र माटो राखेर भगवान जीतुवाहन पुजा आजा गर्दै पर्व मनाई रहेका छन् । विषेशतः तराईका थारु महिलाहरुले मनाउने यो पर्व पछिल्लो केही वर्षदेखि सबै समुदायका महिला दिदीवहिनीहरुले मनाउने गरिएको छ । यसपल्ट तिथिी घटबढका कारण सिरहा सप्तरी,धनुषा र महोत्तर
सिरहा असोज ८ गते । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति, पारिवारिक सुख शान्ति तथा समृद्धिका लागि मनाइने जितिया पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ ।मिथिलाञ्चलमा नहाय खाय ९नुहाएर खानु० पछि सोमबारदेखि सुरु भएको छ भने मंगलबार र बुधबार साँझसम्म निरहार, निर्जल बसी उपवास गर्नेछन् । मिथिलाञ्चलभर आज ओँगठन, असोज ८ गते मंगलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत विधिवत रुपमा सुरु भएको छ ।तिथिको हेरफेरअनुसार यसपाली मिथिलामा आज नहा खा ९नुहाएर खाने० विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मंगलबार बिहान ४ बजेदेखि मंगलबारको
सिरहा,असोज ७ गते । मधेश प्रदेशका मुख्य मन्त्री सतिष कुमार सिंहले व्यापार समिति उद्योगी व्यापारीहरुको संस्था भएकोले व्यापारीहरु पनि पार्टीगत स्वार्थ भन्दा माथि उठेर व्यापारीहरुको हक अधिकार एवम् समस्या समाधान गर्ने खालको नेतृत्व सुखीपुर उद्योग व्यापार समितिले पाउनुपर्ने वताउनुभयो ।प्रचण्ड गर्मीका बीच आज सिरहाको सुखीपुरमा आयोजित सुखीपुर उद्योग व्यापार समितिको पाँचौ साधारण सभालाई सम्बोधन गर्नुहुँदै मुख्य मन्त्री सिंले वन्द सत्रले चुनिने नयाँ कार्य समिति सकेसम्म सर्वसम्मती ढंगले ल्याउन आग्रह गर्नुहुँदै त्यसो नभएमा लोकतान्त्रिक पद्धतिमा आउने नेतृत्व व्यापारीहरुको पीर मर्का सुन्ने र समस्या समाधान गर्
सिरहा,असोज ४ गते ।महिलाहरुलाई अन्धविसवास तथा सन्तान दिने प्रलोभनमा लाखौ ठगी गरेको भन्दै सिरहाको धनगढीमाई नगरपालिका वडा नं.५ गोठ चौकमा आज स्थानिय झाँक्री (धामी)लाई ईलाका प्रहरी कार्यालय धनगढीले पक्राउ गरेका छन् ।गोठ चौकमा घरभई बस्दै आएका दुखी ठाकुर धामीलाई प्रहरीले पक्राउ गरेका छन् । सिरहा,धनुषा,महोत्तरी,सर्लाही लगायत भारतका दजर्नौ महिलाहरुलाई दैविक शक्तिले सन्तान दिने भनी प्रति ब्यक्ति १६ हजार रुपैया लिई टुना मुना गरेको पिडित महिलाहरुले बताए ।पिडित महिलालाई एक प्रकारको औषधी खुवाई बच्चा दिन्छु भन्दै ठगेका हुन् । बच्चा दिने बहनामा डाक्टर कहाँ चेक गराउछौ भने बच्चा पेटबाटै गयाब हुने जस्ता डरहरु दे
Copyright © 2021 / 2024 / purbanchalexpress.com / All Rights Reserved.