सिरहा । नेपाल सरकारका गृह मन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण गरेर मुलकमा सुशासन कायम गर्न नेपाली कांग्रेसले एमालेसँगको सहकार्यमा नयाँ सरकार बनाएको उल्लेख गर्नुभयो । आज सिरहाको लहानमा प्रदीप गिरी मेमोरियल ट्रष्टले सिरहाद्वारा आयोजित स्व। प्रदीप गिरीको दोस्रो वार्षिकी स्मृति सभाको अवसरमा मन्त्री लेखकले यस अघि बनेका सरकारले स्थायीप्राप्त गर्न नसक्दा संविधान नै धरापमा पर्ने हो कि डरले एमालेसँगको सहकार्यमा नयाँ सरकार बनाउनुपर्ने वाध्यतात्मक स्थिति पैदा भएको उल्लेख गर्नुभयो । एमाले र नेपाली कांग्रेससँगको सहकार्यमा बनेको नयाँ सरकार बनाउनको लागि मात्र नबनाएको जिकिर गर्दै मन्त्री लेखकले यो सरकारले म
सिरहा,भदौ ०६ गते । सिरहा–धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै दोश्रो दिन पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय अगाडि सामूहिक आमरण अनसनमा बसेका तीनजनाको अस्वस्थ भएका छन् ।सामूहिक आमरण अनसन बसेका तीनजनाको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । मंगलबार दिउँसो अनशनकारीमध्येका औरही गाउँपालिका– ३ का वडा अध्यक्ष जीवछ यादव, सिरहा नगरपालिका– ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम र सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह अस्वस्थ्य भएपछि चिकित्सकहरुको एक टोलीले उपचार गरेका छन् ।उनीहरु बुधबार दिउँसो एक बजेदेखि सामूहिक आमरण अनसनमा बसेका थिए । सिरहा नगरपालिकाका इन्जिनियर प्रवीणकु
सप्तरी, १४ असार । हरवा चरवा परिवारलाई लक्षित गरी सप्तरीको बिभिन्न पालिकामा सञ्चालित हरवा चरवा सशक्तिकरण कार्यक्रम प्रभाबकारी बनेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । जिल्ला अग्निसाइर कृष्णासबरण गाउँपालिकास्थित महुलीमा आयोजित मुक्त हरवा चरवा कार्यक्रमको समिक्षा बैठकमा सहभागी बक्ताहरुले कार्यक्रमबाट हरवा चरवा परिवारका बालबालिकाहरु शिक्षातर्फ आकर्षित भएको र महिलाहरु आत्मनिर्भर बन्न थालेको बताएका छन् । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले जिल्लाको शम्भुनाथ नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदे बर्साइन नगरपालिका र रुपनी गाउँपालिकामा सञ्चालित हरवा चरवा
काठमाडौं आसर ५ गते । नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैलाई गोली हानेका छन्। ड्युटीमा रहेका बेला बुधबार बिहान ८ बजेतिर २२ वर्षीय अजित गोलेले आफूले बोकेको इन्सास राइफल आफ्नै निधारमा हानेर आत्महत्या गरेको प्रहरी स्रोतले जनाएको छ।संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थी खटिएका उनको घटनास्थलमै मृत्यु भएको हो। बिहान ६ बजेदेखि ड्युटीमा रहेका गोले ८स्१५ बजेतिर शौचालयमा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।दोलखाको मेलुङ गाउँपालिका(४ घरका गोले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद स
वैशाख २८ शुक्रबार । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका निवर्तमान नगरप्रमुख हरिनारायण चौधरीले नेता निर्मल लामा नेपाल कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व भएको बताएका छन् ।धनगढीमाई नगर समितिदारा विहीबार सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ स्थित सहकारी भवनमा बिहीबार आयोजित २४ औँ स्मृति दिवस कार्यक्रममा बोल्दै चौधरीले सो कुरा बताएका हुन् ।कार्यक्रममा नेता चौधरीले भने, ’निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्वको रुपमा रहेको उल्लेख गर्नुहुँदै उहाँले कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता पनि
सिरहा,फालगुन ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री यादवले ६ गत्ते विश्वासको मत लिने भएका छन् । संघीय गठबन्धनको बैठक सम्पन्न भएसंगै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले ६ गत्ते विश्वासको मत लिने निर्णय भएको जनाइएको छ । गठबन्धनका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने जनाइएको छ । आइतबार १ बजे प्रदेश सभाको बैठक बस्दै छ । १ सय ७ प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमालेको २३ सिट, नेपाली काँग्रेसका २२ सिट र जनता समाजवादी पार्टी नेपालका १८ सीट रहेको छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी
सिरहा,फागुन १ गते । नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रुपमा मनाइने बताउनुभएको छ । मङ्गलबारबाट काठमाडौंमा सुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।उहाँले भन्नुभयो, ‘‘आजको दिन ऐतिहासिक जनयुद्ध दिवस हो, क्रान्तिकारी नेपाली जनताले यसलाई मनाउँछन् । मनाइरहेका छन् । आज हामी त्यसकारणले पनि मनाइरहेका छौँ । कुनै सन्दर्भ फेरि शान्ति प्रक्रियालाई पार गरिसकेपछि अदालतले जे सङ्केत गरेको छ, त्यसअनुसार फेरि सरकारले अर्को निर्णय गरेर जनयुद्
सिरहा,माघ २९ गते । आईतबारबाट काठमाडौँको राष्ट्रिय सभा गृहमा शुरु भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजो आइतबार सुरु भएको बैठकमा प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए । आजबाट चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने, पार्टीको अगामी साङगाठनिक काम र फाल्गुन एक गतेदेखि तय भएको विधान सम्मेलनबाट समेत छलफल हुने कार्यसूची रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिनारायण चौधरीले वताउनुभयो ।
काठमाण्डौ,माघ २१ गते । जिल्ला अधिवेशनको विवाद बढेर गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरुलाई काठमाडौं बोलाएका छन् ।अध्यक्ष ओलीले त्यहाँका नेतााहरुसँग केन्द्रीय कार्यालय च्यासलमा छलफल गर्दैछन् । ‘हामी च्यासल आइपुगेका छौं । अब छलफल सुरु हुन्छ’, एमालेको धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताए ।अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौं बोलाएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरिएको छ ।प्रदेश अध्यक्ष कैशाल ढुंगेलले भने आइतबार बिहानै जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । तर अध्यक्ष भूमि त्रिपाठीले तत्कालै वक्तव्य जारी गरी जिल्ला
राजविराज, १६ मंसिर । यादव सेवा समिति सप्तरीको अध्यक्षमा गंगाराम यादव चयन हुनुभएको छ ।समितिको आज राजविराजस्थित राधाकृष्ण मन्दीर धर्मशालामा सम्पन्न साधारणसभाबाट तीनबर्षे कार्यकालको लागि सर्वसम्मत अध्यक्षमा यादव चयन हुनुभएको हो ।यस्तै समितिको उपाध्यक्षमा सञ्जय कुमार यादव, महासचिवमा महेन्द्र प्रसाद यादव, सचिवमा ब्रहमदेव यादव र कोषाध्यक्षमा जयनारायण यादवलाई चयन गरिएको निर्वाचन समिति संयोजक बरिस्ठ अधिबक्ता देवनारायण यादवले जानकारी दिनुभयो । यस्तै समितिको सदस्यहरुमा बच्चालाल यादव, बिजयकुमार यादव, हरिसुन्दर यादव, धर्मनाथ यादव, चन्द्रकला देवी यादव र सुनिता यादवलाई चयन गरिएको जनाएको छ । निर्वाचन सम
Copyright © 2021 / 2024 / purbanchalexpress.com / All Rights Reserved.