सिरहा । नेपाल सरकारका गृह मन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण गरेर मुलकमा सुशासन कायम गर्न नेपाली कांग्रेसले एमालेसँगको सहकार्यमा नयाँ सरकार बनाएको उल्लेख गर्नुभयो ।
आज सिरहाको लहानमा प्रदीप गिरी मेमोरियल ट्रष्टले सिरहाद्वारा आयोजित स्व। प्रदीप गिरीको दोस्रो वार्षिकी स्मृति सभाको अवसरमा मन्त्री लेखकले यस अघि बनेका सरकारले स्थायीप्राप्त गर्न नसक्दा संविधान नै धरापमा पर्ने हो कि डरले एमालेसँगको सहकार्यमा नयाँ सरकार बनाउनुपर्ने वाध्यतात्मक स्थिति पैदा भएको उल्लेख गर्नुभयो ।
एमाले र नेपाली कांग्रेससँगको सहकार्यमा बनेको नयाँ सरकार बनाउनको लागि मात्र नबनाएको जिकिर गर्दै मन्त्री लेखकले यो सरकारले मुलुकमा स्थायीत्व सरकार दिने, सिथिल रहेको आर्थिक अवस्थालाई क्रियाशील बनाउने, विकास निर्माणका कार्यलाई तीब्र गतिमा ल्याउने, भ्रष्टाचारलाई निर्मुल गरेर देशमा सुशासन कायम गर्ने, मुलुकभित्रै रोजगारीको सृजना गर्ने उद्देश्यका साथ सरकार निर्माण भएको वताउनुभयो ।
मन्त्री लेखकले स्व। प्रदीप गिरीले गाउँको विकास विना देशको विकास असम्भव रहेको वताउनु भएकोले स्व।गिरीले उल्लेख गरेका वाक्यांशलाई परिपूर्ति गर्ने गरी यो सरकार निर्माण भएको वताउँदै प्रदेश र स्थानीय सरकारले पनि यसमा सहयोग गर्नुपर्ने वताउनु भयो ।
समाजवादी चिन्तक तथा निष्ठावान स्व। प्रदीप गिरीको स्मृति सभामा मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, संघ प्रदेशका सभासद, पूर्व मन्त्री एवम् विभिन्न नगरपालिका गाउँपालिका लगायत नेपाली कांग्रेस सम्बद्ध नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।