सिरहा,असोज ५ गते । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सचिव तथा पत्रकार मुकेशकुमार यादवलाई पितृशोक परेको छ।
पत्रकार मुकेश यादवका ७१ वर्षीय पिता दुःखी यादवको आज बिहान निधन भएको हो। गोलबजार नगरपालिका–१० निवासी स्वर्गीय यादव लामो समयदेखि मिर्गौला रोगको उपचार गराउँदै आउनुभएको थियो।
स्वर्गीय यादवको निधनप्रति नेपाल पत्रकार महासंघ तथा सिरहा शाखाले दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। महासंघले शोकको यस घडीमा मुकेशकुमार यादवसहित शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्दै गहिरो समवेदना व्यक्त गरेको छ।
पूर्वाञ्चल एक्सप्रेस अनलाई परिवार स्वर्गीय यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्दछ।



















