सिरहा,चैत्र १० गते । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सह इन्चार्ज एवम् पूर्व मन्त्री विश्वनाथ साहले तराई मधेशमा धुमधामसँग मनाइने होली पर्व संस्कृति र मौलिकता पर्व रहेकोले अगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने वताउनुभयो । सिरहाको गोलवजारमा आज आयोजित होली मिलन कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले होली पर्व एक सामाजिक पर्व भएकोले एक अर्कासँगको रिषराग, द्वेशलाई भुल्दै समाजिक सदभाव कायम गरी हाली खेल्न सबैलाई आग्रह गर्नुभयो । आयोजित होली मिलन कार्यक्रममा स्थानीय मौलिकता झल्काउने खालको सुमधुर गीत संगीतले गुन्जयमान भएको थियो । फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होल
सिरहा,फालगुन २ गते । आज १४ फ्रेबुअरी अर्थात् प्रणय दिवस वा प्रेम दिवस। अंग्रेजीमा भ्यालेन्टाइन डेको रुपमा चिनिने यो दिवस विश्वभर प्रख्यात छ। यसलाई प्रेमजोडीहरुले पर्वको मनाउने गर्छन्। एकसातासम्म मनाइने यो दिवस रोमन राज्य अर्थात् इटालीको एक पादरी सैनिक सेन्ट भ्यालेन्टाइनको प्रेम वलिदानसँग सम्बन्धित छ।तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवालाई प्रेम र विवाहमा प्रतिबन्ध लगाएका थिए। किनकि यसमा लागेपछि सैनिक सेवा प्रभावित हुन्छन् भन्ठान्थे उनी। तर भ्यालेन्टाइन सम्राटको उक्त निर्णय धर्मविरोधी भन्थे। अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने उनको बुझाइ थियो ।त्यसै
सिरहा,माघ २८ गते । मधेस प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य रामसरोज यादवले मैथिली भाषा साहित्यलाई अनिवार्य रुपमा सिलेवशमा शामिल गराउनका लागि पहल हुनु आवश्यक रहेको बताएका छन् ।निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०ले आयोजना गरेको नृत्य प्रतियोगिताको आसनबाट बोल्दै प्रदेशसभा सदस्य यादवले मैथिली भाषा, साहित्य, नृत्य, संगित लगायतका विषयलाई अनिवार्य रुपमा सिलेवशमा शामिल गराउने गरी आवाज उठाउनु पर्नेमा जोड दिए । उनले गीत संगित, साहित्य तथा भाषा सभ्यताको अभिन्न अंग रहेकाले आफ्नो भााषा संस्कृति संरक्षणका लागि सबै वर्ग एकत्रित हुनुपर्नेमा जोड दिए । भाषा कमजोर भयो सभ्यताको विनाश निश्
बद्री नारायण यादवसिरहा,९ पुस । पहिचान, लोक गाथा र स्वास्थ्यसँग जोडिएका मिथिला चित्रकला तथा मिथिलाको खानपानलाई जोगाउन भरपुर प्रयास गरिने उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले बताइन् । सौर्य सिमेन्ट मिथिला लोक चित्रकला प्रतियोगीता २०८० को पुरस्कार वितरण समारोहमा त्यस्तो कुरा बताएकी छन् ।मिथिला लोक चित्रकला र मिथिलाको मौलिकतासँग जोडिएका खानपानका परिकारलाई संरक्षण, व्यवस्थापन तथा व्यहारिक प्रयोग संगै बजारिकरण गर्न मधेश प्रदेश सरकारले बजेट छुट्याएको पर्यटनमन्त्री यादवले जनाइन् । आउने केही महिनाभित्र त्यस्ता कार्यको थालनी गरिने उनले थपिन् ।‘दैनिक मजदुरी गर्नेहरुको कामलाई समाजले कतिपय
महोत्तरी, चैत २६ गते । जलेश्वर नगरपालिका वडा नम्बर २ का महादेव पासवान एमबीबीएस अध्ययनमा ‘फुल स्कलरसिप’ ९पूर्ण छात्रवृत्ति० पाए पनि तनावमा देखिनुभएको छ। किताब–कापीलगायतका अन्य सामग्री सापटी मागेर भए पनि मेहनत गरेका कारणले मेडिकल शिक्षाको प्रवेश परीक्षा उत्तीर्ण भएर चिकित्सा शिक्षा अध्ययनको बाटो खुलेको जानकारी दिँदै पासवानले घरको आर्थिक अवस्थाले गर्दा अझै धेरै समस्या बाँकी रहेकाले मानसिक तनावमा रहेको बताउनुभयो।कर्णाली एकेडेमी अफ हेल्थ साइन्स जुम्लामा चैत ३० गतेभित्र भर्ना भइसक्नुपर्ने भए पनि त्यहाँ जाने खर्चसमेत परिवारलाई जुटाउन सकस रहेको बताउँदै पासवानले भन्नुभयो, “पूर्ण छात्रवृत्ति भए पनि किता
सिरहा,फाल्गुन ९ गते । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ। धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिण ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत शुरुवात हुने परम्परा छ। नेपाल र भारतका गरी १३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन्। परिक्रमामा सहभागी श्रद्धालु सोमबार जनकपुरधाममा विश्राम गरेर मंगलबार बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गरेका छन्।परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध ल
अनुभक्त चौधरी सिरहा, माघ २ गते । माघी पर्वको अवसरमा आयोजित माघी महोत्सव २०७९ लाई सम्बोधन गर्दै लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले पर्यटकीय स्थल हाथीदह जाने बाटोमा करिव पचास लाखको लागतमा कालोपत्रे सडक बनाउने घोषणा गरेको छ ।लहान नगरपालिका वडा नं. १५ स्थित वानटोलमा थारु सेवा समाजद्वारा आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै मेयर चौधरीले पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै गएको हाथिदह जाने बाटो जिर्ण रहेकोले पर्यटकीयलाई सुविधाको लागि उक्त सडक बनाउने घोषणा गरिएको जनाउनुभयो । थारुको कला संस्कृतीको जगेर्णा गर्ने उद्देश्यले प्रत्येक वर्ष माघी पर्वको अवसरमा सिरहाको विभिन्न ठाउँमा विशेषत
सिरहा,कार्तिक २२ गते । दाजुभाइ–दिदीबहिनीले भातृत्व सम्बन्धलाई प्रगाढ बनाउने चाडका रुपमा लिएको सामा चकेवा पर्व आज समापन भएको छ । छठमा अस्ताउँदो सुर्यलाई अर्घ दिएपछि शुरु भएको सामा चकेवा पर्ब कार्तिक पुणिर्मासम्म मनाउने चलन भएकाले आज समा चकेवालाई विधिपूर्वक समापन गरिएको छ । मिथिलाका अविवाहित र विवाहित महिलाले अति रोचक साथ मनाउने सामा चकेवा स्थानीय उत्पादनबाट बनाएका सामा, चकेवा, वृन्दावन, सतभइया, चुगला लगायत माटोको आकृति बनाई डालामा राखि छरछिमेकका सबै जना एकै ठााउमा भेला भई गित गाउदै यो पर्ब मनाउने गर्दछन् । द्वापर युगमा भगवान् श्रीकृष्णकी छोरी श्यामाले आफ्नो भाइ शाम्बको दीर्घायुको
नरेशचन्द्र बरबरिया असाेज २० । मधेशको प्रचलित लोक नृत्यमध्ये झिझिया तान्त्रिक विधिअनुसार घटस्थापादेखि विजया दशमीसम्म खेलिने झिझिया नाच बिहीवार दशमीको दिन सम्पन्न भएको छ । देवी स्तुतिको रुपमा यो झिझिया नाच मधेशका बिभिन्न गाउँ वस्ती लगायत शहर बजारमा दशैको रौनक छाएको देखियो । तान्त्रिक विधि अनुसार सन्तान र समाजको सुरक्षाका लागि झिझिया नृत्य गर्ने गरिएको धार्मिक जनविश्वास छ भने अर्कोतिर जादु, टुनामुना, बोक्सी आदिको प्रभाव कम गर्न प्वाल पारिएको घैटामा दियो कलश राखेर महिला दिदी बहिनीहरूले टाउकोमा राखेर बेलुका घर घर गएर नाच्ने परम्परागत नृत्य हो । झिझिया
नरेशचन्द्र बरबरिया असाेज १६ गते । मधेशको प्रचलित लोक नृत्यमध्ये झिझिया तान्त्रिक विधिअनुसार घटस्थापादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा यो झिझिया नाछ मधेशका बिभिन्न गाउँ वस्ती लगायत शहर बजारमा यतिबेला दशैको रौनक यतिबेला छाएको छ । तान्त्रिक विधि अनुसार सन्तान र समाजको सुरक्षाक
Copyright © 2021 / 2024 / purbanchalexpress.com / All Rights Reserved.