जेष्ट १२ गते ।  मिथिलाञ्चलमा सोमबार पतिको अटल सौभाग्यको कामना गर्दै मैथिलानीहरुले वट सावित्री पर्व मनाइरहेकी छन् । बटसवित्री news

पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता र विवाहित मैथिलानीले प्रत्येक वर्ष मनाइने वट सावित्री पर्वका लागि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका मैथिलानीहरुले सम्पूर्ण तयारी पूरा गरिसकेकी छन् । आइतबार आ–आफ्नो गाउँठाउँको हाट बजारमा रातो, पहेँलो तथा रङ्गीचङ्गी नयाँ वस्त्र, चुरा पोते, टिका, बिन्दी तथा मेहन्दी किनमेल गर्न व्यस्त देखिएका छन् । पर्वकै लागि अनिवार्य वस्तु बाँसको चोयाबाट निर्मित पंखा र डालो किनमेल गर्नमा व्यस्त छिन् । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरीलगायत तराई, मधेशका महिलाले सोमबार वट सावित्री पर्व मनाउने जलेश्वर नगरपालिका– १ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका मुख्य पूजारी उपेन्द्र पाठकले बताए ।सवित्री news 1

सो पर्वका दिन बिहानै नुवाइधुवाइ गरी रातो, पहेँलो पहिरनमा नजिकको वर ९वट०को रूखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दछन् । उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रूखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति र धर्मपत्नी मिलेर पूजा गरिन्छ ।