सिरहा,चैत्र १० गते । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सह इन्चार्ज एवम् पूर्व मन्त्री विश्वनाथ साहले तराई मधेशमा धुमधामसँग मनाइने होली पर्व संस्कृति र मौलिकता पर्व रहेकोले अगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने वताउनुभयो । 

सिरहाको गोलवजारमा आज आयोजित होली मिलन कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले होली पर्व एक सामाजिक पर्व भएकोले एक अर्कासँगको रिषराग, द्वेशलाई भुल्दै समाजिक सदभाव कायम गरी हाली खेल्न सबैलाई आग्रह गर्नुभयो । 

C0037T01

आयोजित होली मिलन कार्यक्रममा स्थानीय मौलिकता झल्काउने खालको सुमधुर गीत संगीतले गुन्जयमान भएको थियो । 

फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व मधेश प्रदेशसँगै देशैभरी हर्षेल्लासका साथ मनाइने गरिन्छ । होली पर्व पहाडमा एघार गते आइतबार र तराई मधेशमा बाह्र गते अर्थात् सोमबार मनाउँदैछ ।  

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसैबेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली फागुन खुल्ने परम्परा चलेको मानिन्छ । 

C0001T01C0007T01

C0015T01C0009T01