सिरहा,भदौ ०६ गते । सिरहा–धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै दोश्रो दिन पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय अगाडि सामूहिक आमरण अनसनमा बसेका तीनजनाको अस्वस्थ भएका छन् ।सामूहिक आमरण अनसन बसेका तीनजनाको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । मंगलबार दिउँसो अनशनकारीमध्येका औरही गाउँपालिका– ३ का वडा अध्यक्ष जीवछ यादव, सिरहा नगरपालिका– ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम र सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह अस्वस्थ्य भएपछि चिकित्सकहरुको एक टोलीले उपचार गरेका छन् ।उनीहरु बुधबार दिउँसो एक बजेदेखि सामूहिक आमरण अनसनमा बसेका थिए । सिरहा नगरपालिकाका इन्जिनियर प्रवीणकु
सिरह,श्रावण ३२ गते । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो।भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमले पेट्रोलमा प्रतिलिटर पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेलमा तीन रूपैयाँ घटाएको छ। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोल
सिरहा,श्रावण ९ गते । त्रिभुवन विमानस्थलनजिकै विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि रनवेबाट उड्ने क्रममा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । विमानमा आगलागी भइ धुवाँ उडिरहेको छ । सुरक्षाकर्मी र विमानस्थलका अग्निनियन्त्रकहरू आगो निभाउन लागि परेका छन् ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
राजविराज, ७ असार । बेकरी व्यवसायीहरुलाई खाद्य स्वच्छता तथा लेबुलिङ सम्बन्धी एक दिने अभ्यास कार्यक्रम राजविराजमा शुक्रवार सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको आयोजनामा सम्पन्न कार्यशालामा सप्तरी र सिरहाका २५ जना बेकरी व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख बिक्रम लिम्बु र खाद्य निरीक्षक राजिन बुढाथोकीले बेकरी उद्योगमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने मापदण्ड, तरिका, अनिवार्य लेबुलिङ विधि बारे प्रशिक्षण दिनुभयो । सो अवसरमा सहभागी बेकरी व्यवसायीहरुलाई बेकरीमा लेबल
जनकपुर, ४ असार । कमला सिंचाई व्यवस्थापन कार्र्यालय धनुषाले लामो समयदेखि समितिबहीन रहेको पश्चिमी नहर प्रणाली अन्तर्गतको जलउपभोक्ता प्रशाखा, शाखा र मूल समिति गठन भएसँगै सिंचाई प्रणालीमा सुधार आएको छ । समितिहरु निष्क्रिय भएपछि अस्तव्यस्त भएको सिंचाई प्रणालीमा सुधार ल्याउन सो कार्यालयले लोकतान्त्रिक विधि प्रक्रियाद्वारा पश्चिमी नहर प्रणाली अन्तर्गतको जलउपभोक्ता प्रशाखा, शाखा र मूल समिति गठन गरेको हो । सो नहर प्रणाली अन्तर्गत प्रशाखा, शाखा र मूल समिति गरी ६० वटा समिति छन् । ती सबै समितिमा निर्वाचन प्रक्रियाद्वारा समितिहरुमा पदाधिकारी चयन गरिएको कमला सिंचाई व्यवस्थापन कार्र्यालय धनुषा प्र
शम्भुनाथ (सप्तरी), १ असार । विहान नहुँदै हातमा कुटो कोदालो बोकेर सप्तरीको शम्भुनाथ नगरपालिका ७ भगवतपुर टोलका कलरीदेवी सदा खेतमा पुग्नुहुन्छ । विहानको करिब तीन घण्टा खेतमा काम गरेपछि घरको दैनिक कामकाजमा व्यस्त हुन्छ उहाँ । कुनै बेला फुर्सदिला भएर त्यतिकै गाउँका महिलाहरुसँग अनावश्यक गफिएर बस्ने कलरीदेवीलाई अचेल एकछिन बसेर गफिन फुर्सद छैन् । ‘‘के गर्नु बसेर कसैले दुई पैसा दिने होईन्, त्यसैले अहिले खेतीबारीमा व्यस्त हुन्छु”, कलरीदेवी भन्नुहुन्छ‘‘गाउँका साहुसँग लिजमा जग्गा लिएर खेतीपाती गर्न थालेकी छु ।” यसबाट परिवारको गुजारा चलाउन पनि सहज भएको छ र आम्दानी पनि राम्रै भईहाल्छ, उहाँ भन्नुहुन्छ
सिरहा,जेष्ठ ३० गते ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ६०० ले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि मंगलबार सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ कायम भएको छ ।यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सिरहा,बैसखा १६ गते । काठमाडौंको शंखमूलमा आगलागी भएको छ ।दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पान पसल, चिया पसल, माछा पसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्याएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइपुगेको छैन । ललितपुर महानगरपालिकाका दुई वटा दमकल सुरुमा आगो निभाउन आइपुगेका थिए । त्यसपछि मात्र काठमाडौंको जुद्ध बारुण यन्त्र पनि आइपुगेको थियो । प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने क्रम जारी छ ।
सिरह,बैसाख १३ गते । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ३५० मा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार चाँदी तोलाको १६ सय ७० मा कारोबा
सिरहा,बैसाख १२ गते । महोत्तरीको मटिहानीमा भीषण आगलागी भएको छ। मटिहानी(६ स्थित जर्लाहावा गाछी गाउँमा भीषण आगलागी भएको छ। स्थानीयबासीका अनुसार करिब सय वटा घरमा आगो लागेको छ।महोत्तरीका सहाय सिडिओ उपेन्द्र न्यौपानले सय घर बढीमा आगलागी भएको पुष्टि गरे। नेपाल र भारतका गरी करिब एक दर्जन बढी दमकलले आगो निभाउने प्रयास गरिरहेका छन्। प्रशासनले पानी ट्यांकीमार्फत पनि आगो निभाउने प्रयास गरेको छ। सहायक सिडिओ न्यौपानेका अनुसार प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी आगो निभाउने प्रयास गरेका छन्।
Copyright © 2021 / 2024 / purbanchalexpress.com / All Rights Reserved.