रौतहट, चैत ३० गते । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२र०८३ मा राजस्व संकलनतर्फ उत्साहजनक प्रगति हासिल गरेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष लक्ष्यअनुसार उच्च उपलब्धि प्राप्त भएको कार्यालय प्रमुख विकासकुमार रजकले जानकारी दिनुभयो।

गौर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१र०८२ मा कुल लक्षित राजस्व ३५ करोड ४३ लाख ७८ हजार रुपियाँमध्ये २९ करोड ९१ लाख ३० हजार रुपियाँ मात्र संकलन गरेको थियो।

चालु आर्थिक वर्ष २०८२र०८३ मा कार्यालयको लक्ष्य ३३ करोड २९ लाख ९२ हजार रुपियाँ रहेकोमा २०८२ चैत २८ गतेसम्म लक्ष्यको ९०।६३ प्रतिशत अर्थात् ३० करोड १८ लाख २ हजार ८१८ रुपियाँ राजस्व संकलन भएको उहाँले बताउनुभयो।

गत आर्थिक वर्षको मङ्सिर महिनामा राजस्व संकलन लक्ष्यको १००।५१ प्रतिशत थियो भने चालु आर्थिक वर्षमा सोही महिनामा १७०।१७ प्रतिशत पुगेको छ। त्यस्तै, गत आर्थिक वर्षको पुस महिनामा लक्ष्यको ११७।८९ प्रतिशत संकलन भएकोमा चालु आर्थिक वर्षमा २१३।०५ प्रतिशत पुगेको छ।

माघ महिनामा गत वर्ष ८०।५० प्रतिशत संकलन भएकोमा चालु वर्षमा १२८।६१ प्रतिशत, फागुन महिनामा गत वर्ष ९३।१५ प्रतिशत रहेकोमा चालु वर्षमा १०७।९० प्रतिशत संकलन भएको कार्यालयले जनाएको छ।

गत वर्षको चैत महिनामा ६५।९६ प्रतिशत संकलन भएकोमा चालु वर्षको चैत २८ गतेसम्म १५१।८२ प्रतिशत राजस्व संकलन भएको छ। समग्रमा २०८२ चैत २८ गतेसम्म चालु आर्थिक वर्षको लक्ष्यको १२३।४३ प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख रजकका अनुसार राजस्व संकलन बढ्नुको मुख्य कारण कोइला, गुड ९सख्खर०, टायल्स आदिको आयातमा वृद्धि हुनु तथा मुद्दा फछ्र्यौट भई मालसामान र सवारीसाधनहरूको समयमै लिलाम बिक्री हुनु हो।

गत आर्थिक वर्षमा मुद्दा संख्या बढी भए पनि चालु आर्थिक वर्षमा मुद्दा संख्या घटेको र भएका मुद्दाहरू पनि समयमै फछ्र्यौट गरी लिलाम बिक्री गरिएको उहाँले बताउनुभयो।  विभिन्न किराना, खाद्यान्न तथा लत्ताकपडासहितका मालसामानको लिलामबाट चालु आर्थिक वर्षमा हालसम्म ४२ लाख ५२ हजार ८०७ रुपियाँ राजस्व संकलन भएको छ।

गौर भन्सार कार्यालयका प्रमुख रजकका अनुसार निकासीतर्फ पनि यस वर्ष उल्लेखनीय सुधार भएको छ। भेनियर र पीभीसी पाइप निकासीबाट गत वर्षको तुलनामा बढी राजस्व संकलन भएको तथ्याङ्कले देखाएको छ।

कार्यालयमा प्लान्ट क्वारेन्टाइनको सुविधा नभएकाले खाद्यान्न जाँचपासको सुविधा नहुँदा तथा रौतहटमा वर्षेनी आउने बाढीका कारण उत्पादन घट्ने भएकाले मलङ्गवा तथा वीरगञ्ज भन्सारबाट आयातित खाद्यान्नमा निर्भर रहनुपर्ने अवस्था रहेको छ।

चालु आर्थिक वर्षमा चैत महिनाभित्रै लक्ष्य नजिक पुग्नु तथा मासिक लक्ष्यहरूमा शतप्रतिशतभन्दा बढी प्रगति हुनु गौर भन्सार कार्यालयको कार्यक्षमतामा सुधार आएको संकेत भएको स्थानीय सरोकारवालाहरूले बताएका छन्।