X Sharama Funecure

समाज

    Showing १-१० of १,४२३ items.
  • लुटपाट गरी महिलाको हत्या गर्ने महिला पक्राउ

    जनकपुरधाम, कात्तिक २७ गते । धनुषामा सुनचाँदीका गरगहना लुटपाट गरी महिलाको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।धनुषाको हंसपुर नगरपालिका–७ नुवाखोर टोलकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरी गरगहना लुटपाट गरेको अभियोगमा सोही टोलकी बिहारी मण्डलकी ४५ वर्षीया श्रीमती पवित्रा देवी मण्डललाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चन्द्रकला देवी दास यही कात्तिक २४ गते ९सोमबार० राति ९ बजे आफ्नै घरबाट पाँच सय मिटरको दूरीमा मृत अवस्थामा फेला पर्नुभएको थियो ।प्रहरीले अनुसन्धानका क्रममा आरोपी पवित्रा देवी मण्डलले मृतकको साथबाट सुनचाँदीका गरगहना लुटेको पत

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • २८ पटक पढिएको
  • दैनिक चार सयको हाराहारीमा राष्ट्रिय परिचय पत्र वितरण गरिंदै

    सिरहा , कार्तिक २३ गते । सरकारले राष्ट्रिय परिचयपत्रलाई प्रशासनिक कामकाजको लागि अनिवार्य गरेपछि जिल्ला जिल्ला प्रशासन कार्यालय सिरहामा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहिको अचाक्ली भिड लागेको छ ।  सरकारले वृद्ध भत्ता,पेन्सन निकाल्ने र जग्गा रजिष्ट्रेशन लगायत विभिन्न प्रशासनिक काम काजमा राष्ट्रिय पत्र अनिवार्य गरे पछि परिचय पत्र बनाउनेहरुको भिड लागेको हो ।सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै परिचय पत्रको काम विहान सात बजेदेखि दिउँसो पाँच बजेसम्म गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।अहिले दैनिक रुपमा करिव चार सयको हाराहारीमा कार्यालयबाट परिचय पत्र वितरण

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ३१७ पटक पढिएको
  • अस्पताल कै भवनमा गाउँपालिका

    सिरहा,कार्तिक १८ गते । सिरहास्थित औरही गाउँपालिकाका प्रशासनिक भवन जेएनजीको प्रदर्शनको क्रममा भदौ २४ गते आगजनी गरिएपछि औरही गाउँपालिका औरही अस्पतालमै सरिदिंदा अस्पतालबाट हुने सेवा प्रवाहमा समस्या भइरहेको छ । पालिकाको प्रशासनिक कामकाज अस्पतालकै भवनबाट संचालन हुन थालेपछि कोठा अभावमा प्रसुति सेवा, अस्पतालको प्रशासनिक काम, ओ.पी.डी. सेन्टर सेवा प्रभावित भएको अस्पतालका प्रमुख उपेन्द्र यादवले उल्लेख गर्नुभयो । यता अस्ताल र पालिका एउटै भवनमा संचालन हुन थालेपछि विरामीले पाउनुपर्ने स्वास्थ्य सेवामा समस्या भइरहेको छ भने अर्कातर्फ औरही गाउँपालिकाको कोठा अभावमा प्रशासनिक काम गर्न समेत कठिनाई भइरहे

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • ८६ पटक पढिएको
  • सिरहामा सामाचकेवा खेल्दै

    सिरहा,कार्तिक १७ गते । दिदीवहिनी र दाजुभाई बीचको प्रेमको प्रतीकका रूपमा मनाईने सामा चकेवा पर्व सिरहा लगायत तराई मधेशका गाउँ गाउँमा मनाउदै छन् ।यस पर्वमा कलात्मक मूर्ति समा, चकेवा, सत भैयाँ, चुगला (चापलुसी गर्ने व्यक्ति) चरा लगायतका माटोको प्रतिमा बनाई दियो बालेर आंगन तथा चौक वा टोल गल्ली सडकमा गएर प्रत्येक साँझ देखि मध्यरात सम्म खेल्ने गरेको छ ।सामा चकेवा पर्व सामा र चकेवा लगायत माटोले बनाएका प्रतिमालाई मण्डपमा राखि थारु समुदायका महिला दिदीबहिनीहरुले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसा संगै आशिष दिँदै सामा गीत गाउँदै पर्व मनाई रहेका छन् ।काँचो माटोले बनाएको मुर्तीहरुलाई दुलही झै सजा

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • ७७ पटक पढिएको
  • बहुला कुकुरको टोकाईबाट दुई दर्जन बढी घाइते

    सिरहा।कार्तिक ११ गते । सिरहाको धनगढीमाई नगरपालिकामा बहुला कुकुरको टोकाईबाट दुई दर्जन बढी घाइते भएको छ । घाइतेहरुको उपचार रामप्रसाद उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहानमा भइरहेको छ । अस्पतालका ईमेरजेन्सी वाडका इन्चार्ज रमेश यादवका अनुसार घाइतेहरुको क्याटोगरी गरी सामान्य खालको टोकाइमा परेका विरामीहरुलाई घर फर्काइएको छ भने जटिल खालको टोकाइका विरामीलाई अस्पतालमै राखेर उपचार गरिरहेको वताउनुभयो ।बहुला कुकुरको टोकाईबाट धनगढीमाई नगरपालिका वडा नं. २, ३, १० र ११ नं. वडाका स्थानीयहरु रहेको अस्पताल स्रोतले जनाएको छ । घाइते श्याम साहका अनुसार बहुला कुकुरले जथाभावी मानिसमाथि हमला गरी घाइते बनाउँदै भ

    • प्रकाशित मितिः कार्तिक ११, २०८२
    • १०२ पटक पढिएको
  • धुमधामसँगै छठ पर्व मनाइँद

    सिरहा, कार्तिक १० गते । सबैको साझा महान पर्व छठको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन सिरहाका नदी तलाउ तथा पोखरीहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिन सिरहाका विभिनन नदी, तलाउ तथा पोखरीहरुलाई सजि सजाउँ तथा रंगविरंगी झिलिमिली बति, फुल गुच्चा एवम् पूजाका सामाग्रीहरुले झकिझकाउ बनेका छन् । लोक आस्थाको महान छठ पर्व गर्नाले सन्तान प्राप्ति, निरोगिता एवम् सुख शान्ति प्राप्ति हुने जनविश्वासले पनि यो पर्व विशेष महत्वका उल्लासमय तरिकाले मनाइँदैछ । विशेष गरी मिथिलाञ्चल तथा तराई मधेशमा मनाइने महान पर्व पछिल्लो केही वर्षदेखि सबै जातजातिले मुलुकभरी नै म

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ११६ पटक पढिएको
  • छठ पूजाको तयारी पूरा

    सिरहा,कार्तिक ९ गते । धुमधाम एवम् बडो निष्ठापूर्वक देशैभरी मनाइने महान छठ पूजाको लागि सिरहामा पूजाको लागि सम्पूर्ण तयारी पूरा भएको छ । सिरहाका विभिन्न नदी, तलाउ तथा पोखरीहरु सिंगारिएको छ । सरसफाई तथा रंगविरंगी पातपतैका, टेण्ट तथा फुल गुच्चाले सजि सजाउ भएको नदी, तलाउ तथा पोखरीहरु दुलहीजस्तै सिंगारिएको छ भने गाउँ शहरमा छठी माताको गितले गुञ्ज्यमान भएको छ । लोक आस्थाको महान पर्व छठ पर्व भोलि सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई उल्लासमय तरिकाले मनाउने छठ पर्व मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुनेछ । 

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • ११० पटक पढिएको
  • छठ पूजाको सामाग्री किन्नेको घुइँचो

    सिरहा,कार्तिक ८ गते । मिथिला, तराई लगायत देशैभरि धुमधाम एवम् वडो निष्ठा र श्रद्धापूर्वक मनाइने छठ पर्वको लागि आवश्यक पूजाको सामाग्रीहरु किन्नेहरुको घुइँचो सिरहा व्यापारिक बजारमा लागेको छ ।छठ पर्वको लागि आवश्यक बाँसले बनेका सुपा, डकिया, कोनिया त्यसैगरी माटाले बनेका दियो, हाति, कुसिया कुरिवार त्यसैगरी नारिवल, उखु, केरा लगायतका सामाग्रीहरु किन्ने अन्तिम दिन भएकाले बजारहरुमा श्रद्धालुहरुको भीड लागेको हो ।पर्वका लागि आवश्यक पूजा सामाग्रीहरुको मूल्यमा व्यापारीहरुले कृतिम रुपमा ह्वात्तै बढाई दिंदा चाडवाड मान्न निक्कै सकस भएको स्थानीयहरु बताउँछन् ।सूर्य देवताको अराधना गरी मनाइने महान पर्व छठ पर्व आइतब

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • १०७ पटक पढिएको
  • गुडिरहेको बसबाट लडेर सह चालकको मृत्यु

    सिरहा,असोज २३ गते । सिरहाको जिरोमाईलमा बसबाट लडेर सहचालकको मृत्यु भएको छ । पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम गई रहेको राजविराज जनकपुर चलने बस तिब्रगतिका कारण सहचालकको सिरहाको जिरोमाईलमा बसबाट लडेर मृत्यु भएको छ ।गुडिरहेको ना.७ख २६५ नं.को बसबाट लडेर सिरहा जिल्ला लहान नपा वडा नं.५ वस्ने श्रीदेब यादबको छोरा अन्दाजी वर्ष १८ को पवन कुमार यादब रहेको ईलाका प्रहरी कार्यालय धनगढीले जनाईएको छ ।यात्रु बाहक बस प्रहरी चौकी कसहामा रहेको छ । शब प्रादेशिक अस्पताल लहानमा पठाईएको प्रहरीले जनाईएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ४२९ पटक पढिएको
  • मारेको दुम्सी सहित ४ जना पक्राउ

    सिरहा,साउन २९ गते । अबैध तरिकाले दुम्सी मारेर लगदै गरेको अबस्थामा ६ वटा दुम्सी सहित  ४ जनालाई वन कर्मचारीहरुले पक्राउ गरेका छन् ।रातीको समयमा टुर गस्ती गर्दै जादाँ बर्दिवास बाके सडक खण्ड अन्र्तगत शंका लागी चेक जाँच गर्ने क्रममा निजहरु दुई वटा मोटर साईकलमा मारेको दुम्सी र माउ गरी जम्मा ६ वटा मारेको लगदै गरेको अबस्थामा पक्राउ गरेको छ ।डुम्सी मारी लगदै गरेको अबस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागी सब डिभिजन वन  कार्यालय बाँके लक्ष्मीनियामा बुझाईएको डिभिजन वन कार्यालय महोत्तरीका डिभिजनल वन अधिकृत सन्तोष कुमार झाले बताउनु भयो । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भ

    • प्रकाशित मितिः साउन २९, २०८२
    • ४६० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२