सिरहा,कार्तिक १० गते । सिरहा प्रहरीले पक्राउ परेका व्यक्तिको सार्वजानिक नर्गनुमा लागु औषध गाँजा तस्करलाई उमकाउन खोजेको आरोप रहेको छ ।

ईलाका प्रहरी कार्यालय धनगढी लागु औषध नियन्त्रण व्युरो गोलवजारका सहायक निरिक्षक जोगिन्द्र साहको कमाण्डमा खटिएको प्रहरी टोलीले दिउसो अढाई बजेको समयमा धनढीमाई नगरपालिका वडा नं.१३ बाट विशेष सूचनाको अधारमा उत्तरबाट दक्षीण तर्प आउदै गरेको मधेश प्रदेश ०३–०३२–प.७५२को रातो कलरको टिभिएस मोटर साईकलको पछाडी लोड गरी ल्याउदै गरेको अवस्थामा निजलाई लागु औषध गाजा ६ किलोबढी गाजा सहित जिल्ला सिरहा विष्णुपुर गा.पा. वडा नं. ५ लक्ष्मीपुर टोल वस्ने राम चन्द्र साहको छोरा वर्ष ४१को शिबसंकर साहलाई  पक्राउ गरी आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय लहानमा पठाईएको  ।

त्यस्तै सोही साझ विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय लाहान प्रमुख प्रहरी नायक उपरीक्षक बिष्णु प्रदिप बस्यालको कमाण्डमा खटिएको टोलीले धनगढीमाई नगरपालिका वडा नं.१४ विहिवारे टोल वस्ने झनक बहादुर ठकुरीको घरमा विशेष सूचनाको अधारमा खानतलाशी गर्दा निजको घरबाट ३.५२० केजी घर नजिकै घारीबाट १२.७५० केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाबाट जारी विज्ञ्प्तीमा उल्लेख रहेको छ ।

विज्ञप्तीमा झोल 

जिल्ला प्रहरी कार्यालय सिरहाबाट जरी विज्ञप्तीमा १जनालाई मात्र सार्वजानिक गरेको छ ।तर पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजका सम्वाददाताका अनुसार साेही दिन उत्त स्थानबाट एक जना मोटर साईकल सहित पक्राउ परेको छ र अर्को एकजना घरबाट नै पक्राउ परेकोमा एक जनालाई मात्र सार्वजानिक गरेको छ ।

यस विषयमा प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेश बहादुर पालका अनुसार हामीलाई लहानबाट आएको टिपोटको विज्ञप्ती निकालेका छौ र धनगढीबाट पठाएको विज्ञप्ती हामीले ननिकालेको बताए समाचार तयार गर्दै गर्दा अब निकालने बताए ।  निकालिएको विज्ञप्तीमा नाम अर्कैको र फोटो अर्कौको उल्लेख रहेको छ ।

यसरी प्रहरी प्रशासनबाट कमी कमजोरी हुनु शंकासपद रहेको छ । स्रोतका अनुसार यसमा पक्राउ परेकालाई प्रहरीले उम्काउन खोजेको हुन स्रोतको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहामा सम्र्पक गर्दा दुबै जना हाम्रो नियन्त्रणमा रहेको विज्ञप्ती अब निकालने बताए ।  WhatsApp Image 2026-10-26 at 9.13.13 PM