सिरहा,पुष ३ गते।  दुई समूहविच भएको छुरा हानाहानमा परि एक युवकको मृत्यु र एक जना भाइते भएका छन् । सिरहाको गोलबजार नपा ६ ईटा भठ्ठा नजिक साझ करिब साढ सात बजे दुई समूह बिच छुरा हानाहान भएको छ ।


छुरा प्रहारबाट गोलबजार नपा ६ डोहटियाका राम बाबु सदायकाे छोरा करिव २६ वर्षिय रामकुमार सदायको मृत्यु भएको छ । उनलालाई उपचारका लागि धनगढीमाई नपा ९ मा रहेको आरके मेरिसीटी अस्पताल ल्याउदै गर्दा बाटोमै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।


 छुरा प्रहारबाट सोही ठाउँका बुधेश्वर सदायको २६ वर्षिय छोरा रितेश सदायको आरके मेरिसीटी अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीले दुई समूहविच झडप भएको र घाइते भएको जनाएपनि घटनाबारे अझै विस्तृत विवरण आउन नसकेको र प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको बताउनु भयो ।