सिरहा,फाल्गुन २६ गते । सिरहास्थित लहान नगरपालिकाले जग्गाको वर्गीकरणको सम्पूर्ण विवरण नापी र मालपोत कार्यालयलाई हस्तान्तरण गरिएपछि लहान नगर क्षेत्रभरिका जग्गाको किताकाट र किनबेच गर्ने बाटो खुलेको छ । 

आज पत्रकार सम्मेलन गरी जग्गाको वर्गीकरण बुझाउँदै लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले अब किताकाट खुल्दा जग्गा किनबेच गरी आफ्नो व्यवहार चलाउन नगरवासीलाई सजिलो हुने उल्लेख गर्नुभयो ।

vlcsnap-2023-03-10-15h27m57s784  

चौबिस वटा वडा रहेको लहान नगरपालिकाले नगर क्षेत्रका भूमिलाई आवासीय, व्यवसायिक, कृषि, नदीनाला, सांस्कृतिक तथा पुरातात्विक क्षेत्र लगायत गरी १० क्षेत्रमा जग्गाको वर्गीकरण गरी सम्बन्धित निकायलाई बुझाएको ईन्जिनियर एकमनि सिपलियाले वताउनुभयो ।    

गएको जेष्ठ २७ गते भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियामवली २०७९ले व्यवस्था गरे अनुसार नेपाल सरकारको मन्त्रीपरिषदले निर्णय गरी नगरक्षेत्र भित्रको भूमिको भू–उपयोग वर्गीकरण गर्नका लागि पत्राचार गरिएपछि किताकाट रोकिएको थियो ।  

लामो समयदेखि जग्गा वर्गीकरण नहुँदा जग्गाको किनबेच रोकिदा स्थानीयवासीलाई विहे, मृत्यु, छोराछोरीलाई शिक्षा लगायतका समस्याहरु भइरहेको थियो ।