सिरहा २९ असोज । सिरहाको लहान नगरपालिका वडा नं. २३ तिलबोनास्थित बलान नदीमा नुहाउने क्रममा डुबेर दुई जना वालक वेपत्ता भएका छन् ।
वेपत्ता मध्ये स्थानीय १० वर्षीय राजु महतो बलान नदीमा मृत अवस्थामा फेला परेको छ भने एक अर्का वालक अभिनन्दन महतो हालसम्म वेपत्ता भएकाले उनको खोजी कार्य भइरहेको वताइएको छ ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार नदीमा पानीको गहिराई बढी भएकाले हराइरहेका वालको खोजीको लागि विज्ञ टोलीलाई आएपछि खोजी कार्य हुने जानकारी दिएको छ ।












