हेटौँडा, १ मङ्सिर । आन्तरिक राजस्व कार्यालय मकवानपुरले दुई जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । 


१४  औं राष्ट्रिय कर दिवसको अवसरमा हेटौँडामा आयोजित सम्मान तथा शुभकामना अदानप्रदान कार्यक्रममा आर्थिक बर्ष २०८०र८१ मा आयकर तर्फ सबै भन्दा बढी कर बुझाउने सफ्टी हाईजिङ प्रालिका सञ्चालकहरु यादव घिमिरे, अन्तशुल्क तर्फ बढी कर बुझाउने गोरखा लाहारी प्रालिका सञ्चालक बजरंग सिंहलाई उत्कृष्ट करदाता सम्मान गरेको हो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख युक्तप्रसाद सुवेदीले संयुक्त रुपमा सम्मान गर्नुभयो ।


सो अवसरमा कर सङ्कलनमा योगदान पुर्‍याए बापत मकवानपुर उधोग बाणिज्य संघ हेटौंडा, थाहा नगर उधोग बाणिज्य संघ, नेपाल अडिट्रर्स एशोसिएशन मकवानपुर र कर सहयोगी श्रमिक संघ मकवानपुरलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारीले व्यवसाय गरेपछि राज्यलाई कर तिर्नुपर्छ भन्ने भावनाको विकास गर्नु आवश्यक रहेको बताउनुभयो । 


कार्यक्रममा मकवानपुर उधोग बाणिज्य संघ हेटौंडाका अध्यक्ष प्रमोदराज राणााभाटले समायानुकुल कर नीति परिमार्जन गर्नु आवश्यक रहेको बताउनुभयोे ।