हेटाैंडा, २ भदौ । भाेटेकाेशी बाढीबाट प्रभावित नागरिककाे राहत, उद्धार तथा पुनर्निर्माणका लागि शिवम् सिमेन्टले ११ हजार बोरा सिमेन्ट निःशुल्क उपलब्ध गराउने भएको छ।शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारको आवास पुनर्निर्माणका लागि ११० घरधुरी परिवारलाई प्रतिपरिवार १०० बोराका दरले जम्मा ११ हजार बोरा शिवम् ओपीसी सिमेन्ट उपलब्ध गराउने निर्णय गरिएकाे शिवम् सिमेन्टका डिजिएम मार्केटिङ केशव अर्यालले जानकारी दिनुभयो ।बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धत
पर्सा, २७ भदौ । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा संरक्षण र विकासबीचको विद्यमान द्वन्द्व समाधान गर्न क्षेत्रको प्रकृतिअनुसार ग्रिन र ग्रे–जोन निर्धारण गरी कानुनी तथा व्यवस्थापकीय सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।पर्सा राष्ट्रिय निकुञ्जको आयोजनामा ‘मध्यवर्ती क्षेत्र व्यवस्थापनमा देखिएका समसामयिक सवाल, कानुनी स्पष्टता र समन्वयको आवश्यकता’ विषयक स्थानीय सरकार तथा सरोकारवालाबीचको पर्सा जिल्ला स्तरीय समन्वय बैठक ठोरी गाउँपालिका–५, सुवर्णपुरमा सम्पन्न भएको हो।बैठकमा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले मध्यवर्ती क्षेत्रको मूल उद्देश्य स
राजविराज, २६ भदौ ः पैसा अभावमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालबाट निकालिएकी सप्तरीकी एक दलित महिलाले अस्पताल परिसरनजिकै सडकछेउमा बच्चा जन्माएको घटनाप्रति अधिकारकर्मीले आपत्ति जनाएका छन् ।घटनाबारे स्थलगत अध्ययन गर्न राजविराज पुगेको दलित महिला सङ्घको टोलीले घटना अत्यन्तै दुःखद, संवेदनशील र खेदजनक भएको बताउँदै स्वास्थ्य सेवामा आर्थिक अभावकै कारण कुनै पनि गर्भवती महिलालाई उपचारबाट वञ्चित गर्न नहुनेमा जोड दिएको छ ।प्रसूति गराउन अस्पताल पुगेकी राजविराज नगरपालिका–१४ निवासी बबिताकुमारी पासवानलाई उपचारमा लाग्ने रकम तिर्न नसक्ने अवस्था रहेको भन्दै अस्पतालका कर्मचारीले घरमै गएर बच्चा जन्माउन भ
हेटौँडा, २४ भदौ : मध्यवर्ती क्षेत्र व्यवस्थापनमा देखिएका कानुनी, संस्थागत तथा व्यवहारिक समस्या समाधानका लागि पटक–पटक सुझाव संकलनमा सीमित नभई अब कार्यान्वयनयोग्य र देखिने निकास खोज्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।पर्सा राष्ट्रिय निकुञ्जको आयोजनामा हेटौँडामा सम्पन्न ‘मध्यवर्ती क्षेत्र व्यवस्थापनमा देखिएका समसामयिक सवाल, कानुनी स्पष्टता र समन्वयको आवश्यकता’ विषयक मकवानपुर जिल्ला स्तरीय स्थानीय सरकार तथा सरोकारवालाबीचको समन्वय बैठकमा सहभागीले यस्तो धारणा व्यक्त गरेका हुन्।बैठकमा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले मध्यवर्ती क्षेत्र व्यवस्थापनमा देखिएका कानुनी, स
जनकपुरधाम, २४ भदौ । स्थानीय तहको निर्णय प्रक्रिया तथा नीति निर्माणमा दलित र सीमान्तकृत महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।दलित महिला सङ्घ धनुषाद्वारा औरही गाउँपालिकामा आयोजित …स्थानीय सरकारको निर्णय प्रक्रियामा दलित तथा सीमान्तकृत महिलाहरूको अर्थपूर्ण सहभागिताका लागि बहुसरोकारवालाबीच संवादÚ कार्यक्रममा सहभागी वक्ताले संविधानले दलित महिलाको प्रतिनिधित्व सुनिश्चित गरे पनि व्यवहारमा सहभागिता अझै अर्थपूर्ण बन्न नसकेको बताएका हुन् ।कार्यक्रममा औरही गाउँपालिका अध्यक्ष उमाशङ्करप्रसाद साहले दलित तथा सीमान्तकृत समुदायको सशक्तीकरणका लागि शिक्षालाई प्राथमिकतामा
जनकपुरधाम, १४ भदाै ।मुक्त हरवाचरवाको पहिचान, लगत संकलन, प्रमाणीकरण, परिचयपत्र वितरण तथा दिगो पुनर्स्थापनाको माग गर्दै हरवाचरवा संघर्ष समितिको आयोजनामा जनकपुरधाममा जारी अनिश्चितकालीन धर्ना थप सशक्त बनाउने भएकाे छ । मधेश प्रदेश सरकारको पुरानो मुख्यमन्त्री कार्यालय अगाडि मिल्स एरियामा भदौ १० गतेदेखि सुरु भएको धर्नाप्रति प्रदेश सरकारले हालसम्म ठोस पहल नगरेको भन्दै संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।मुक्त हरवाचरवा अधिकार मञ्चको अगुवाइमा यसअघि भदौ २९ गते मधेस प्रदेश सरकारलाई बुझाएकाे ज्ञापनपत्रमा कुनै सुनुवाइ नभएपछि हरवा चरवाहरु धर्नामा बस्दै आएका छन् ।
जनकपुरधाम, २९ साउन । मुक्त हरवा–चरवा अधिकार मञ्चले हरवा–चरवा समुदायको लगत संकलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण प्रक्रिया तत्काल सुरु गर्नुपर्ने गर्दै मधेस प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेललाई ज्ञापनपत्र बुझाएको छ । हरवा चरवाका पदाधिकारीहरुले बुझाएको मन्त्रालयमा पुगेर बुझाएको ज्ञापनपत्रमा मधेश प्रदेशका आठवटै जिल्लाका स्थानीय तहसँग प्रभावकारी समन्वय गरी हरवा–चरवा समुदायको लगत संकलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण प्रक्रिया तत्काल सुरु गर्न माग गरिएको छ । भूमिहीन हरवा–चरवा परिवारको पहिचान गरी दीगो पुनस्र्थापना सुनिश्चित गर्ने स्पष्ट कार्ययोजना
जनकपुरधाम, २८ साउन । जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजनामा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी समुदायका सरोकारवालाका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल पब्लिक हेल्थ रिसर्च एण्ड डेबलपमेन्ट सेन्टरको सहयोगमा जनकपुरमधाम उपमहानगरपालिका स्वास्थ्य शाखाद्वारा जनकपुरधाम उपमहानगरपालिका–१५ धल्केटोलस्थित धर्मशालामा आयोजित कार्यक्रममा वडा प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला समूह, युवा क्लब तथा विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्रकी इञ्चार्ज संगिता विश्वकर्माले समुदायमा कुनै पनि संक्रमण वा असामान्य स्वास्थ्
जनकपुर, ५ असार । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय समन्वय तथा स्रोत–साधनको न्यायोचित बाँडफाँट आवश्यक रहेको बताउनुभएको छ ।सङ्घीयता अध्ययन केन्द्र, मधेश विश्वविद्यालय वीरगञ्ज र फेडरलिजम् एण्ड लोकलाइजेसन सेन्टर, ललितपुरद्वारा जनकपुरधाममा शुक्रवार आयोजित …संघीयताको कसीमा नेपाल सरकार र मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटÚ विषयक छलफल कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अर्थमन्त्री भट्टराईले संघीयताको सफल कार्यान्वयनका लागि बजेट कार्यान्वयनको प्रभावकारिता, वित्तीय अनुशासन र अन्तरसरकारी सहकार्यलाई थप सुद
राजविराज, १२ चैत। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पाेखरियास्थित खेलमैदानमा सञ्चालित 'संयासी गाेल्ड कप´फुटबल प्रतियोगिता २०८२ काे उपाधी मलिथम एफ सी उदयपुरले हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद्काे सहयोगमा संयासी युवा क्लब पाेखरियाद्वारा सञ्चालित साे प्रतियोगिता अन्तर्गत आज बिहीबार सम्पन्न फाइनलमा साेमबारे एफ सी उदयपुरलाई ट्राईब्रेकरमा चारका बिरुद्ध पाँच गाेल अन्तरले पराजित गर्दै उपाधी हात पारेकाे हाे । खेलकाे निर्धारित समयमा कुनै टिमले गाेल गर्न नसकेपछि खेलकाे निर्णय ट्राईब्रेकरबाट लिएकाे थियोे । उपाधीसँगै मलिथम एफ सी ले नगद
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.