सिरहा,भदौ २५ गते । जनता मा.वि. तिनकोनी धनगढीमाई न.पा. ५ सिरहाले बाढी पिडितलाई आर्थिक सहयोग गरेका हुन ।
भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा लागयतका क्षेत्रमा बाढीबाट प्रभावित पिडितहरुको सहयोगको लागी विधालयबाट राहत स्वरुप आर्थिक संकलन गरी प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा जम्मा गरको छ ।
विधालयका बालविकास देखी कक्षा १२ सम्मका विधार्थी तथा शिक्षकहरुले आर्थिक संकलन गरी बारह्र हजार एक सय पैसठी रुपैया जम्मा गरेको विधालयका प्र.अ. जितेन्द्र चौधरीले बताउनु भयो ।
प्र.अ. चौधरीका अनुसार भदौ १० गते विहान आएको विनाशकारी बाढीका कारण हजारौंले ज्यान गुमाए, हजारौं घर विहिन भए उहाँहरुको लागी विधालयबाट आर्थिक संक्mलन गरी आजै प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
नेपाल सरकारको निर्णयानुसार हामी शिक्षकहरुको तलब कट्टा नै हुन्छ तर पनि केही सहयोग होस भन्ने विधालयका शिक्षक, विधार्थी तथा व्यवस्थापन समितिहरुको समन्वयमा आर्थिक संकलन गरी जम्मा गरेको प्र.अ. चौधरीले बताए ।



















