सिरहा,असोज ६ गते । खुल्ला सिमाना नाकाका कारण सिरहाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार गरिएका १३ लाख बढीको सामान बरामद गरिएको छ ।

बरामद सामग्रीमा लत्ताकपडा, मोटरसाइकल, किराना, सुर्तीजन्य पदार्थ, कस्मेटिक, जुत्ता, खेलौना, हार्डवेयर, पेय पदार्थ, मदिरा र इन्धन लगायतका सामान विभिन्न सीमा क्षेत्रबाट १३ लाख ३५ हजार २५१ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ।सशस्त्र प्रहरीका अनुसार बरामद सामान नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ओसारपसार गरिँदै थियो।

सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाका अनुसार जिल्लाका विभिन्न सीमा इलाकाबाट नेपालबाट भारततर्फ लैजाँदै गरिएको तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको सामान बरामद गरिएको हो।

बरामद सामानमा लत्ताकपडा, मोटरसाइकल, किराना सामान, सुर्तीजन्य पदार्थ, कस्मेटिक सामग्री, जुत्ता, खेलौना, हार्डवेयरका सामान, पेय पदार्थ, मदिरा लगायतका बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सिरहाको सब भन्दा बढी तस्करी बरियापट्टी नाकाबाट हुने गरेको स्थानियहरु बताएका छन् ।