सिरहा । २८ कार्तिक । धुमधामसँग मनाइने पवित्र र आस्थाको छठ पर्वको लागि सिरहामा सम्पूर्ण तयारी पूरा भएको छठ पर्व आयोजक समितिले जानकारी दिएको छ । 

छठ पर्वको स्वागतका लागि सिरहाका विभिन्न नदी, पोखरी तथा जलाशयहरु रंगविरंगी सजावटले रंगिएका छन् । जलाशयहरुको सजि सजावट तथा छठ पर्वको गीतले चारैतिर गुन्जयमान भएको छ ।

आस्था र विश्वासको छठ पर्व भोलि आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिई सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन गरिने वताइएको छ ।