सिरहा,मंसिर ५ गते । पूर्व विज्ञान, प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले समय परिवर्तनसँगै सामुदायिक विद्यालयको शिक्षा प्रणालीमा परिवर्तन विकल्प नरहेको वताउनुभयो ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित जनता माध्यमिक विद्यालयको सभाहलमा आयोजित सामुदायिक बिधालय रुपान्तरणको मार्ग चित्र बृहद अन्तरक्रिया कार्यक्रम बोल्न हुँदै उहाँले सार्वजनिक शिक्षालाई सवल वनाउनको लागि शिक्षक, विद्यार्थी, अभिभावक, समुदाय र राज्यको सहकार्य आवश्यक रहेको वताउनुभयो । 

मौलिक हकको रुपमा राखिएको अहिलेकोे शिक्षा जीवन उपयोगी शिक्षा हुनुपर्छ त्यसको लागि शिक्षामा रुपान्तरण एक मात्र विकल्प हो, उहाँले भन्नुभयो शिक्षामा परिवर्तन र परिणाममुखी बनाउन सबैको सहकार्यमा अभियानको रुपमा लैजानु आवश्यक रहेको वताउनुभयो । 

        ३३ वटा विद्यालय रहेको धनगढीमाई नगरपालिकाका १७ वटा विद्यालयका प्रधानाध्यापक सहितको शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा शिक्षालाई रुपान्तरण गर्न अभियानको रुपमा संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

 धनगढीमाई नगर पालिकाका पुर्व नगर प्रमुख तथा शैक्षिक अभियन्ता हरि नारायण चौधरी, शिक्षाविद् बिमल फुयाल्, पुनम कुइकेल रामविलास यादव, रामकुमार ठाकुर, प्रदीप कुमार साह लगायतले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

आठ वटा माध्यमिक र २५ वटा आधारभूत विद्यालय रहेको धनगढीमाई नगरपालिकाको शैक्षिक अवस्था ७० प्रतिशतको हाराहारीमा रहेको छ । सिरहा जिल्लाको शैक्षिक अवस्था भने ६७ प्रतिशत मात्र रहेको छ । 

    सार्वजनिक शिक्षा सुदृढीकरण मंच सिरहाका संयोजक दुर्गा खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महेश प्रसाद मण्डलले गर्नुभएको थियो ।IMG-20261121-WA0079