सिरहा २८ कार्तिक । निष्ठा एवम् पवित्रको छठ पर्व आज देशभरीसँगै सिरहामा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिई बडो उल्लासमय तरिकाले मनाइँदैछ ।
सुख शान्ति, समृद्धि, सुस्वास्थ्य र सन्तान दीर्घायुको कामना गर्दै सिरहास्थित विभिन्न नदी, तलाउ तथा पोखरीहरुलाई दुलहीझैं सिंगारिएको छ ।
विभिन्न नदी, तलाउ, पोखरी तथा जलाशयमा श्रद्धालुभक्तजनहरुको नयाँ नयाँ परिहनसँगै विभिन्न झिलिमिली सजिसजाउले रंगिन बनाएको छ ।
छठ पर्वको गीत गुन्जनले सबै ठाउँमा गुन्जयमान भइरहेको छ । गत वर्षको भन्दा यस आस्थाको पर्वप्रति आकर्षणले श्रद्धालुभक्तजनहरु जलाशयहरुमा अटेस मटेस भएका छन् ।
चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन नहाय (खाय) दोस्रो दिन खरना, तेस्रो दिन अर्थात् आज साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान अर्थात भोलि सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व समापन गरिनेछ ।















