सिरहा,जेष्ट १३ गते । मधेस प्रदेशबाट १५ लाख बराबरको इलेक्ट्रिक चुरोट ‘भेप’ बरामद भएको छ।

सर्लाहीको बलरा नगरपालिका(२ छतौना इलाकाबाट सशस्त्र प्रहरी बलले बिआर ०६ बिक्यु ५४२७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको १५ लाख ५० हजार बराबरको भेप र एक लाख बराबरको मोटरसाइकल बरामद गरेको हो। सशस्त्र प्रहरी बललाई देखेर मोटरसाइकल चालक फरार भएका थिए।

vep-baramad

कहाँबाट कसरी भित्रियो भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नं। २ छिन्नमास्ता वाहिनी मुख्यालयले जनाएको छ।