राजविराज, २९ साउन ः सप्तरीको बिष्णुपुर गाउँपालिका ३ का किसान श्यामदेव यादवलाई यसपालि धान रोपाई गर्न खासै समस्या भएन् ।
बिगतमा आकाशे पानीको भरमा खेती गर्दै आएका यादवलाई यसबर्ष धेरै बर्षा नभएपनि धानखेतीका लागि चाहिने सिंचाईको कुनै समस्या नभएपछि उहाँ उत्साहित हुनुभएको छ ।
किसानहरुलाई सिंचाई सुबिधान पु¥याउने उद्देश्यले कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन कार्यालय राजविराजले सप्तरीका तीन वटै सिंचाई नहर प्रणालीबाट खेतसम्म पानी पु¥याएपछि यादवले बर्षेनी धानबाली लगाउने बेलामा भोग्दै आएको सिंचाईको समस्याबाट छुटकारा पाउनुभएको छ ।
“अघिल्लो बर्षहरुमा खेती गर्न सिंचाईको ठुलै समस्या भोग्नु पर्दथ्यो”, यादवले भन्नुभयो,“तर यसपालि नहरमा समयमै पानी आयो, त्यसैले समयमै धान खेती गर्न भ्याईयो ।” पहिलाको जस्तो यसपालि खेती गर्न पानीको खासै कुनै समस्या भएन् उहाँको भनाई थियो ।
बिगतमा धानखेतीका लागि बैकल्पिक सिंचाईको भर पर्नुपर्ने समस्या भोग्दै आएका सप्तरीकै छिन्नमस्ता गाउँपालिका १ बरही बिरपुरका किसान अनन्दी यादवर्ले पनि यसपालि धानखेतीका लागि पानीको कुनै समस्या नभएको बताउनुभयो ।
‘‘सिंचाई सुबिधा नहुदाँ खेतीपातीको लागि पहिला पहिला कि त आकाशे पानीको भर पर्नु पर्दथ्यो कि बिद्युतीय मोटर वा अन्य बैकल्पीक सिंचाईको व्यवस्था गरेर खेती गर्नुपर्दथ्यो”, यादवले भन्नुभयो,‘‘तर यसपालि नहरमा पानी आएपछि सहज रुपमा सिंचाई गर्न पाएँ ।” अब सायद हामीलाई सिंचाई गर्न पानीको खासै समस्या हुँदैन् होला, उहाँको विश्वास छ ।
‘‘केही बर्षअघि सम्म गाउँका अधिकांश किसानहरु आकाशे पानीको भरमा खेती गर्दै आएका थिए”, यादवले भन्नुभयो,‘‘जसका कारण समयमा बर्षाको भएको बर्षमा राम्रो धान खेती हुन्थ्यो, बर्षा नहुदाँ अधिकांश खेत बाँझो नै रहन्थ्यो ।” तर कोशी नहर सिंचाई मार्फत किसानको खेतमा पानी आएपछि खेती गर्न सहज भएको छ उहाँले भन्नुभयो ।
बिगतका बर्षहरुमा बर्षा नहुदाँ सप्तरीका अधिकांश खेतीयोग्य जग्गा बाँझो रहने समस्यालाई दृष्टिगत गरी कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन कार्यालय राजविराजले कोशी पम्प नहर प्रणाली, चन्द्र पम्प नहर प्रणाली र वितरण नहर प्रणाली मर्मत सम्भार गरी किसानको खेत खेतमा पानी पु¥याएको छ ।
सो कार्यालयका प्रमुख एकराज भट्टराईका अनुसार यसबर्ष तीन वटै सिंचाई संरचनाका कारण सप्तरीको करिब ३४ हजार ५० हेक्टर क्षेत्रफलमा सिंचाई सुबिधा पुगेको छ ।
यसबर्ष बर्षा कम भएपनि समयमै तीन वटै सिंचाई प्रणालीबाट किसानको खेतसम्म समयमै पानी पु¥याउँदा करिब ९० प्रतिशत क्षेत्रफल धान रोपाई भएको प्रमुख भट्टराईले बताउनुभयो ।
सप्तरीको तीन वटै सिंचाई प्रणालीबाट बर्षायाममा सप्तरीको सप्तकोसी नगरपालिका, कञ्चनरूप नगरपालिका, तिरहुत गाउँपालिका, हनुमाननगर कंकलनी नगरपालिका, महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका–८ का र अग्निसाइर कृष्णसंवरण गाउँपालिका–४, ग्रामिण क्षेत्रका ३४ हजार तीन सय ९० क्षेत्रफल जग्गामा सिंचाई पु¥याउँदै आएको छ ।