सिरहा,माघ २८ गते । मधेस प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य रामसरोज यादवले मैथिली भाषा साहित्यलाई अनिवार्य रुपमा सिलेवशमा शामिल गराउनका लागि पहल हुनु आवश्यक रहेको बताएका छन् ।

निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०ले आयोजना गरेको नृत्य प्रतियोगिताको आसनबाट बोल्दै प्रदेशसभा सदस्य यादवले मैथिली भाषा, साहित्य, नृत्य, संगित लगायतका विषयलाई अनिवार्य रुपमा सिलेवशमा शामिल गराउने गरी आवाज उठाउनु पर्नेमा जोड दिए । उनले गीत संगित, साहित्य तथा भाषा सभ्यताको अभिन्न अंग रहेकाले आफ्नो भााषा संस्कृति संरक्षणका लागि सबै वर्ग एकत्रित हुनुपर्नेमा जोड दिए । भाषा कमजोर भयो सभ्यताको विनाश निश्चित रहेकाले आफ्नो सभ्यताको संरक्षणका लागि पनि भाषा, साहित्यको संरक्षण हुनु आवश्यक रहेको उनको भनाई थियो ।