सिरहा,असोज ५ गते। लक्ष्मीपुरपतारी गाउपालिकाको रामपुर चोकदेखि भवानीपुरसम्मको सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा स्थानीय बासिन्दा तथा ई–रिक्सा चालकहरू समस्यामा परेका छन्।
सिटी अटो चालकहरुले वच सडकमा सिटी रिक्सा लिएर सडक मर्मत तथा निर्माणको माग गर्दै आज पिप्रामा लक्ष्मीपुरपतारी गाँउपालिकाको मेयर चतुरानन्द ठाकुरको विरोध गर्दै नाराबाजी गरेका छन्। जीर्ण सडकका कारण आवतजावतमा कठिनाइ हुनुका साथै सवारीसाधन सञ्चालनमा समेत समस्या भइरहेको स्थानीयको गुनासो छ।
प्रदर्शनमा सहभागीहरूले “जनताको समस्या समाधान गर, सडक निर्माण गर” लगायतका नाराबाजी गर्दै तत्काल सडक मर्मत तथा निर्माणको पहल गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
स्थानीयवासीले जनताको समस्यालाई बेवास्ता नगरी सडकको अवस्थाप्रति गम्भीर ध्यान दिन र विकास तथा सुशासनका लागि तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन्। यो विषयमा बुझनको लागी अध्यक्ष सम्र्पक गरे तर सम्र्पक हुन सकेन ।



















