लहान,असोज ५ गते । हलुवाई समाज नेपालले समुदायमा सामाजिक जागरण, एकता र आपसी सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेशका विभिन्न जिल्लामा जागरण अभियानअन्तर्गत मोटरसाइकल र्याली निकालेको छ।
सप्तरी जिल्लाबाट आज देखी निकालेको जातीय पहिचान एकता सदभाब अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेशका विभिन्न जिल्लामा जन जागरण अभियानअन्तर्गत मोटरसाइकल र्याली निकालेको छ।
हलुवाई समाजको मधेश प्रदेशस्तरीय जागरण र्याली । समाजको पहिचान, अधिकार र सामाजिक उत्थानका विषयमा जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको र्यालीमा हलुवाई समुदायका विभिन्न जिल्लाका प्रतिनिधि तथा अगुवाहरूको सहभागिता रहेको थियो।
र्याली लहानमा आइपुगेपछि जनता समाजवादी पार्टी ९जसपा० नेपालका केन्द्रीय सदस्य सत्यनायण यादब ले सहभागीहरूलाई खादा तथा माला लगाएर स्वागत गर्नुभएको थियो। उहाँले हलुवाई समुदायको सामाजिक, सांस्कृतिक तथा राजनीतिक अधिकार सुनिश्चित गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय सदस्यले हलुवाई समाजका महत्वपूर्ण मागप्रति आफूहरूको समर्थन रहेको जनाउँदै हलुवाई समुदायलाई जनजातिको सूचीमा सूचीकृत गर्न नेपाल सरकारसँग जोडदार माग गर्नुभयो।
उहाँले भन्नुभयो, “हलुवाई समुदायको छुट्टै सामाजिक तथा सांस्कृतिक पहिचान र इतिहास रहेको छ। राज्यका निकायले समुदायका जायज मागलाई सम्बोधन गर्दै आवश्यक प्रक्रिया पूरा गरी जनजाति सूचीकरणका लागि पहल गर्नुपर्छ।”
र्यालीमा सहभागी हलुवाई समाजका अगुवाहरूले आफ्नो समुदायको पहिचान संरक्षण, राज्यका विभिन्न तहमा प्रतिनिधित्व, शिक्षा, रोजगारी तथा सामाजिक अवसरमा पहुँचलगायतका विषयलाई प्राथमिकताका साथ उठाएका थिए।
समाजका प्रतिनिधिहरूले हलुवाई समुदायको ऐतिहासिक पहिचान र योगदानलाई राज्यले उचित रूपमा सम्बोधन गर्नुपर्ने भन्दै जनजाति सूचीकरणको मागलाई निरन्तर रूपमा अगाडि बढाउने बताएका छन्।
मधेश प्रदेशस्तरीय जागरण र्यालीमार्फत हलुवाई समाजले आफ्नो अधिकार, पहिचान र सामाजिक सम्मानका लागि संगठित रूपमा आवाज उठाउँदै आएको सन्देश दिएको केन्द्रीय अध्यक्ष सतरुधन प्रासद साहले बताएका छन्।



















