सिरहा, असोज २ गते । देशैभरी बडो श्रद्धापूर्वक पूजापाठ गरी मनाउने बाबा विश्वकर्मा पूजाको आज भक्तिपूर्वक समापन गरिंदैछ ।
उद्योग–व्यवसायको प्रगति, काममा सफलता तथा सुरक्षित कार्य वातावरणको कामना गरी मनाइने बाबा विश्वकर्माको प्रतिमालाई आज जलाशयमा गएर अन्त्य गरिरहेको छ ।
त्यस अवसरमा विश्वकर्मा भगवान्को विधिवत् पूजा, आरती तथा प्रसाद वितरण गरिएको आयोजकले जनाएको छ ।
विभिन्न उद्योग, कलकारखाना, व्यवसाय तथा प्राविधिक क्षेत्रमा प्रयोग हुने मेसिन, औजार र उपकरणको पूजा गरी विश्वकर्मा दिवस प्रत्येक वर्षको असोज १ गते मनाइँदै आएको छ ।




















