३ असोज, सिरहा । सिराहाको धनगढीमाई वडा नं. १० का अनिता महतोले आफ्नै वर्मिकम्पोष्ट युनिट स्थापना गरी सफल प्रयोग गरिरहेकी छन् । 

युरिया र डिएपी जस्ता रासायनिक मलमाथिको अचाक्ली निर्भरता हटाउँदै गाईवस्तुको गोबर, मुत्र र खेतबारीको अवशेष प्रयोग गरेर आफ्नै वर्मीक कम्पोष्ट (गड्यौले मल) युनिट स्थापना गरी आफ्ना खेत वारीमा भरपूर प्रयोग गरिरहेकी छन् । 

“पहिला मेरो श्रीमान् रासायनिक मलका बोरा बोकेर ल्याउनुहुन्थ्यो,“ अनिता भन्नुहुन्छ, “तर अहिले हाम्रो परिवार पूर्ण रूपमा आफ्नै भर्मीक कम्पोष्टमा निर्भर छ ।“ आज उहाँले कौसी र तरकारी खेतीमा मात्र नभई एक बिघा धान खेतीमा समेत गड्यौले मलको सफल प्रयोग गरी उत्पादनको लाभ लिइरहनुभएको छ । 

महारानी महिला कृषक समूहमा आवद्ध सदस्य अनिता महतोको 

यो सफलता एक्लो होइन । उहाँको समूहका करिब १० जना महिला किसानहरूले अहिले घरआगनमा गड्यौले मल उत्पादनलाई निरन्तरता दिइरहेका छन् । जैविक उत्पादनमा पूर्ण पारदर्शिता कायम राख्न अनिताले प्राङ्गारिक मल ट्र्याकिङका लागि सरकारको पछिल्लो त्तच् कोड समेत स्क्यान गर्नुभएको छ, जसले सुरक्षित र दिगो खेतीप्रतिको उहाँको प्रतिबद्धतालाई प्रस्ट पारिरहेको छ ।  

राष्ट्रिय कृषक समूह महासंघ नेपाल ९ल्ँन्ँ०   सञ्चालित जलवायु उत्थानशील अभ्यास मार्फत गड्यौला मल र कम्पोष्ट बनाउने प्रविधिले किसानहरूलाई नयाँ दिशा दिनमा सहयोग पुर्याइरहेको छ । 

मधेश प्रदेशका सिराहा चार पालिका धनगढीमाई नगरपालिका, भगवानपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र सखुवानान्कारकट्टी गाउँपालिका त्यसैगरी सप्तरी जिल्लाका दुुई गाउँपालिका अग्नीसाईर कृष्ण सवरण र रुपनी गाउँपालिकामा  महासंघ द्वारा यस्ता खालका प्रविधिहरु अघि बढाइरहेको छ । 

कृषिजन्य अवशेष र गोठेमलको सही प्रयोगबाट बनेको कम्पोष्टले माटोको जैविक बनावट सुधार गर्नुका साथै पानी धारण गर्ने क्षमता  बढाउनुको साथै खडेरी तथा अनियमित वर्षाको जोखिम सामना गर्न माटोलाई सक्षम बनाउन सहयोग पुर्याउने भएकाले यसको लोभलाग्दो महत्व रहेको विज्ञहरु वताउँछन् ।