सिरहा असोज ६ गते । सिरहाको बरियारपट्टीमा प्रत्येक वर्ष लाग्ने ईन्द्र मेलाको उपल्यक्षमा आज स्थानियहरुको सहयोगमा बजार सरसफाई गरेको छ ।
प्रत्येक वर्ष स्थायिनहरुको सहयोगमा उक्त स्थानमा भव्य मेला आयोजना हुने मेलामा पूर्ण सरसफाई उदेश्यले आज स्थानियहरुको सहयोगमा सरसफाई कार्यक्रम राखेको स्थानिय पत्रकार मुकेश कुमार यादबले जानकारी दिनुभयो ।
पत्रकार यादबका अनुसार बरियारपट्टीमा परम्परा, संस्कृति तथा मनोरञ्जनलाई समेट्दै इन्द्र मेला महोत्सव आयोजना हुने गरेको छ। इन्द्र मेला समितिको आयोजनामा हुने महोत्सवमा कलश यात्रा, नाच, सांस्कृतिक कार्यक्रम तथा मिथिला सांस्कृतिक कार्यक्रमलगायतका गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ।
त्यसतै महोत्सव अन्तर्गत असोज ७ गते बुधबार बिहान ७ बजे कलश यात्रा निकालिने कार्यक्रम तय गरिएको छ। त्यसैगरी असोज ७ देखि १० गतेसम्म नाच कार्यक्रम सञ्चालन हुनेछ।
असोज ८ र ९ गते क्लबद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ भने असोज १० गते ‘लभ यू मिथिला प्रोग्राम (कलाकृतियावाली) टिम आउने कार्यक्रम रहेकाे छ ।
महोत्सवले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै स्थानीयवासीलाई मनोरञ्जन प्रदान गर्ने आयोजकको अपेक्षा छ। कार्यक्रममा बरियारपट्टी तथा आसपासका क्षेत्रबाट उल्लेख्य सहभागिता रहने बताइएको छ।




















