सन्ताेष कुमार साह

सिरहा,असोज ६ गते ,। सिरहाको भगवानपुर चौकमा सवारी चालकको लागुऔषध सेवन परीक्षण गरिएको छ।

“लागू पदार्थ सेवन नगरौँ” भन्ने मूल नाराका साथ आज विहान हुलाकी सडकखण्डमा गरिएको परीक्षणका क्रममा शंकास्पद १६ जना सवारी चालकको लागुऔषध सेवन परीक्षण गरिएको थियो। परीक्षणमा ६ जना चालकको रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ।

उक्त कार्यक्रममा भगवानपुर गाउँपालिका–१ का वडा अध्यक्ष इन्द्र प्रसाद यादव, र्इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्याल, जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनी, स्वास्थ्यकर्मी तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

trsfick

सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै चालकहरूलाई लागुऔषध सेवन नगरी सवारी साधन सञ्चालन गर्न सचेत गराइएको जिल्ला ट्राफिक प्रहरी सिरहाले जानकारी दिनु भयो।

प्रहरीले लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा चालक स्वयं, यात्रु तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षामा गम्भीर जोखिम हुने भएकाले “लागुऔषध नगरौँ, लागुऔषध सेवन गरी सवारी साधन नचलाऔँ” भन्ने सन्देशलाई आत्मसात गर्न आग्रह गरेको छ।