सिरहा म‌सिर ६ गते ।सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले नगरपालिकाको कार्य संचालनमा मनपोली गरेको भन्दै उपमेयर सहितको दुई तिहाई कार्यपालिका सदस्यहरु आन्दोलित भएको छ । 

आज नगरपालिकाको हाताभित्र पत्रकार सम्मेलन गर्दै नगर उपप्रमुख संगीता चौधरीले नगर प्रमुख महतो वार्तामा नआए नगरप्रमुख, प्रशासकीय अधिकृत र लेखा शाखामा तालाबन्दी गर्ने चेतावनी दिएको छ । 

नगर उपप्रमुख चौधरीले साथीहरुबाट नगर प्रमुख महतो वार्तामा आउने जानकारी दिएपछि केही घण्टालाई समय दिएको भन्दै त्यसो नगरिएमा तालाबन्दीसहित थप आन्दोलनको घोषणा गर्ने पत्रकार सम्मेलनमा वताउनुभयो ।WhatsApp Image 2024-11-21 at 1.37.33 PM (3) 2

गत आईतबार उपप्रमुख, वडा अध्यक्ष सहित १९ जना कार्यपालिका सदस्यहरुले नगरप्रमुखको नगरपालिकामा गरेको बेथिती, अनियमितता, गैरजिम्मेवारीलाई सचेत गराउँदै नगर सभाले सर्वसम्मतबाट पारित गरेको बजेट तथा कार्यक्रम हुबहु प्रमाणित भई सार्वजनिक हुनुपर्ने, कार्यपालिका बैठक मासिक रुपमा राखिनुपर्ने, सेवा प्रवाह र विकासका कार्यहरु छिटो छरितो र पारदर्शि बनाउनुपर्ने, अवैध ग्राभेल उत्खन्नलाई रोकी नियमानुसार कानुन बमोजिम राजश्वको प्रक्रियामा ल्याउनुपर्ने लगायत विभिन्न १४ बुँदे मागसहित आन्दोलनको घोषणा गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो । त्यसैको काउन्टरमा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले बहुमतको दम्वमा काम गर्न नदिएको भन्ने आशय प्रकट भएकोे पाँच पानाको प्रेस विज्ञप्ति जारी गरेपछि थप समस्या सृजना भएको हो ।


यसैबीच धनगढीमाई नगरपालिकाका राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी लगायत पार्टीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा नगर प्रमुख, र प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरित १५ भदौमा सर्वसम्मत पारित नीति तथा कार्यक्रम र बजेटहरुमा गराएको थपघट सम्बन्धमा छानविनको माग गरिएकोमा नगर प्रमुख र प्रशासकीय अधिकृतले छलकपट र गम्भीर त्रुटी गरेको भन्दै त्यसप्रति खेद प्रकट गरेको छ ।

WhatsApp Image 2024-11-21 at 1.37.33 PM (2) 2 

संयुक्त विज्ञप्तिमा नगरको विकास, सुशासन र समृद्धिको लागि दलहरुको तर्फबाट समन्वय, सहकार्य र सहयोग गर्ने प्रतिबद्धता रहेको वताउँदै उपप्रमुख र वडा अध्यक्ष सहित १९ जना कार्यपालिकाले निकोलेको प्रेस विज्ञप्तिमा काउन्टर दिने गरी नगर प्रमुख र प्रशासकीय अधिकृतको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिले परिस्थितिलाई उत्तेजित बनाउने काम भएको भन्दै जिम्मेवारी भएर नगर विकासमा काम गरे आवश्यक सहयोग गर्ने प्रतिबद्धता रहेको जारी विज्ञप्तिमा जनाइएको छ ।