जनकपुरधाम, जेष्ठ ८ गते । मधेश प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय, जनकपुरधामले आज विश्व जैविक विविधता दिवस, २०८३ मनाएको छ ।
जनकपुरधाम उपमहानगर पालिका वडा नं. २४ स्थित श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालय, बसहियामा उक्त कार्यक्रम मनाईएको हो । विश्वव्यापी रुपमा मे २२ तारिखका दिन मनाईदै आएको विश्व जैविक विविधता दिवसको उपलक्ष्यमा मन्त्रालयले विद्यालयमा अध्ययनरत विधार्थीलाई जैविक विविधता सम्वन्धी ओरिएन्टेसन दिएको छ । कक्षा ९ र १० मा अध्ययनरत करिव २०० सय विद्यार्थी, शिक्षक तथा स्थानिय निकायका पदाधिकारी सम्मिलित ओरिएन्टेसन कार्यक्रमको सहजीकरण मन्त्रालयका वनस्पति अधिकृत श्री दिपा पनेरुले गर्नु भएको थियो ।

जैविक विविधताको
परिचय, जैविक विविधता
महासन्धी, महत्व, संरक्षण तथा
व्यवस्थापनका चुनौतीहरु, नेपाल तथा मधेशको जैविक विविधताहरुको महत्व र अवको कार्यदिशा के
हुनु पर्दछ भन्ने विषयमा व्यापक छलफल भएको थियो ।
ओरिएन्टेशन पश्चात स्कुलको कम्पाउण्डमा शिक्षक, विधार्थी तथा मन्त्रालयका कर्मचारहरुवाट साँकेतिक वृक्षरोपण गरिएको छ । वृक्षरोपण कार्यक्रममा वृक्षरोपण अभियानी नेपाल सरकारको पुर्व वन अधिकृत श्री सुरेश प्रसाद शर्माले जैविक विविधताका विभिन्न आयामहरु वारे प्रकाश पार्दै वृक्षरोपण कार्यक्रमलाई अभियान कै रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।

वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेशका बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत एवं निमित्त सचिव बेचन कुमार महतोले Acting Locally for Global Impact भन्ने नाराका साथ मनाउन लागिएको विश्व जैविक विविधता दिवस २०८३ को मुख्य उदेश्य पृथ्वीमा रहेका जीव–जन्तु, वनस्पति, सुक्ष्मजीव र तिनको वासस्थानको संरक्षण प्रति जनचेतना जगाउनु रहेको बताउदै यस दिवसले प्राकृतिक संतुलन कायम राख्ने, खाद्य र औषधीको श्रोत संरक्षण, जलवायू परिवर्तन सँग जुध्ने उपायहरुको पहिचान, जैविक विविधताको आर्थिक र साँस्कृतिक महत्व, भविष्यका पुस्ताहरुको संरक्षण सम्वन्धी जनचेतना जगाउने र आवश्यक पहल कदमी लिन दिशानिर्देश गर्नेमा विश्वास व्यक्त गर्नु भयो ।

हिमाल देखी तराई
सम्मका विभिन्न प्रकारकार वनस्पती र जीवजन्तु पाईने नेपाल जस्तो जैविक रुपमा
समृद्ध देशका लागि यो दिवस अझ महत्वपुर्ण रहेकोले वन संरक्षण, प्रदुषण नियन्त्रण र
दिगो बिकासमा सवैको सहभागिता आवश्यक रहेको समेत निमित्त सचिव बेचन कुमार महतोले
बताउनु भयो ।




















