सिरहा,भाद्र २९ गते । जेनजीको प्रदर्शनको क्रममा भाद्र २४ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट लुटिएको चामल र चिनी आजदेखि फिर्ता हुन थालेको छ ।
प्रदर्शनको क्रममा लुटिएका सामानहरु एक हप्ताभित्र फिर्ता नगरे कानुनी कार्वाही गर्ने जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि आजदेखि लुटिएको सामानहरु फिर्ता हुन थालेको हो ।

लिमिटेड कम्पनीका सूचना अधिकारी अनिल कुमार महतोले अहिलेसम्म एघार बोरा चिनी र विभिन्न प्रकारका ७१ चामलको बोरा फिर्ता आएको वताउनुभयो । प्रदर्शनको क्रममा उक्त कम्पनी लिमिटेडबाट आठ हजार पाँच सय बोरा चालम र तीन हजार दुई सय बोरा चिनी लुटिएको कार्यालय श्रोतको दावी छ ।
सिरहामा एक दर्जनभन्दा बढी सरकारी कार्यालयहरुमा तोडफोड, आगजनी र सामानहरु लुटपाट भएको छ । कम्पनी लिमिटेड बाहेक अन्य कार्यालयबाट हालसम्म लुटपाटको सामान फिर्ता नभएको वताइएको छ ।




















