सिरहा,असोज २ गते । भदौ २४ गते जी एन जी प्रदर्शनका क्रममा तोडफोडसंगै आगजनीले खण्डहर बनेका सिरहाका कार्यालयहरुले सरसफाई गरी सेवा सुचारु गर्न थालेका छन् ।
प्रदर्शनका क्रममा तोडफोड एवम् आगजनी बनेका कार्यालयहरुले कार्यालय सरसफाई गरी भित्र बसेर सेवा दिन तत्कालै अवस्था नरहेकाले कर्मचारीहरु कार्यालय बाहिर टेबुल कुर्सी राखेर कार्यालय संचालन गरिरहेको छ ।

आगजनी तथा तोडफोडका कारण कार्यालयहरुमा इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राहीको चाहना अनुसार काम गर्न नसकेपनि रुट परमीट, पटके र गाडी नविकरण जस्ता सामान्य सेवाग्राहीलाई सेवा दिइरहेको यातायात व्यवस्था विभाग कार्यालय लहानले जानकारी दिएको छ ।
जीएनजीको प्रदर्शनको क्रममा तोडफोड भएका नापी कार्यालय, लहान नगरपालिका, डिभिजन वन कार्यालय, आन्तरिक राजश्व लगायतका कार्यालयहरुमा महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टर, फर्निचर लगायतका सामानहरु जलेर नष्ट भएका कारण कार्यालय सुचारु हुन अझै केही दिन लाग्ने कार्यालयहरुले उल्लेख गरेका छन् ।




















