सिरहा,भाद्र, १८ गते । सन्तानको दिर्घायु र समृद्धिका लागि तराई मधेशमा धुमधामसँग मनाइने जितिया पर्व आजदेखि शुरु भएको छ । 

तीन दिनसम्म थारु तथा मधेसी विवाहित महिलाहरुले मनाइने पर्वको आज पहिलो दिन (नहाय खाय) नुहाई चोखो भई पुजाअर्चना गर्ने दिन भएकाले व्रतालु महिलाहरुले नजिकको पोखरी, तलाउमा नुहाउन तथा पूजा पाठ गर्न भीडभाड देखिएको छ । 

vlcsnap-2025-09-13-15h49m45s374

आश्विन कृष्ण पक्षको सप्तमी तिथीबाट सुरु भई अष्टमीमा निराहार वर्त वसी नवमी तिथीमा सम्पन्न हुने यस वर्ष शनिबार र आईतबाट परेकाले सुईध लागेकाले विचमा जितिया छुटेको र नायाँ वर्तालुहरु जितिया सुरु गर्ने अवसरले पनि यस वर्षको पर्व महत्वपूर्ण रहेको वताइएको छ । 

आईतवार विहानै आठघन (दर) खाएर सोमबार निराहार उपवास वसी सोमवार पोखरी, तलाउ र नदीमा स्नान गरी अाँगनमा घिरौलाको पातमा दहि,चुरा,घिरौलाको फूल चढाई पुजा अर्चना गरी वर्त सम्पन्न गर्ने प्रचलन रहेको छ । 

vlcsnap-2025-09-13-15h49m06s782vlcsnap-2025-09-13-15h50m11s293