सिरहा,असोज ६ गते । श्रद्धा एवम् निष्ठापूर्वक देशैभरी धुमधामसँग मनाइने नेपालीहरुको महत्वपूर्ण चाड वडा दश्मीको पहिलो दिन सिरहाका विभिन्न शक्ति पिठ तथा दुर्गा मन्दिरहरुमा पनि बडो धुमधामसँग कलश यात्रासंगै विधिपूर्वक जमरा राखि घटस्थापना गरीएको छ ।
बडा दशैंको पहिलो दिन सिरहाका विभिन्न शक्ति पिठ तथा देविका प्रतिमा बनाएर दुर्गा पुजा गरिने स्थानमा जौ, तिल, धान, गहूं सहित जमरा राखिएको छ ।
तराई मधेशमा दश दिन सम्म धुमधामसंग मनाउने विजया दश्मीमा सवै जसो गाउँ नगर देवी दुर्गाको भजन गुञ्जिन थालेका छन् ।
घटनास्थापनाका दिन राखिएको जमरा विजया दशमीको दिन टीकासँगै लगाउँदा शुभ हुने धार्मिक विश्वास रहँदै आएको छ ।



















