सिरहा,भाद्र २८ गते । सिरहाको जनजीवन सामान्य बन्दै गएकाले जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा तथा कफ्र्यूलाई संशोधन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाद्वारा जारी सूचना अनुसार जनजीवन सामान्यतर्फ फर्किएकाले सिरहा कारागार सय मिटर वरिपरिमा साँझ ७ बजेदेखि भोलि विहान ६.०० बजेसम्म मात्र कफ्र्यू लगाइएको वताइएको छ ।
कफ्र्यू र निषेधाज्ञा हटाएसँगै सिरहाका बजार, पसलहरु खुलेका छन् भने यातायातका साधनहरु निर्वाध रुपमा संचालनमा आएको छ ।




















