सिरहा, असोज ५ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ९ निर्मल लामा कभर्ड हलमा जारी प्रथम महिला फुटवल प्रतियागितामा एभरेष्ट एकेडेमी टिम सर्लाही विजय भएको छ ।

 भव्सी एकेडेमी टिम महोत्तरीलाई तीन गोलका विरुद्ध एक गोलले सर्लाही टिम प्रथम  भएका हुन् । प्रथम हुने एभरेष्ट एकेडेमी टिम सर्लाहीलाई एकाउन्न हजार नगदसहित शिल्ड, मेडल, प्रमाणपत्र र द्वितिय हुने भव्सी एकेडेमी टिम महोत्तरीलाई पैतिस हजार नगद सहित शिल्ड, मेडल, प्रमाणपत्र र नगद पैतिस हजार सहित आयोजकले प्रदान गरेका हुन् ।

धनगढी फुटवल टिम सिरहाद्वारा भदौ २० गते देखि शुरु भएको प्रथम महिला गोल्डकपमा प्रतियोगितामा मधेश प्रदेश, कोशी प्रदेशका सात वटा टिमको सहभागिता रहेको थियो ।

Gol 2