सिरहा,भाद्र २९ गते । तराई मधेशमा धुमधामसँग मनाइने जितिया पर्व आज बडो उल्लासमय तरिकाले विवाहित महिलाहरुले मनाइँदैछ ।
जितिया पर्वले सन्तानको दीर्घायु, समृद्धि र भाई बहिनीको प्रेम प्रगाढ हुने जनविश्वास रहेको छ ।
तीन दिनसम्म मनाइने पर्वको आज मुख्य दिन श्रद्धालु महिलाहरु निराहार बसी विहानैदेखि नुहाई धुहाई गरी जितुमाहन बनाएको ठाउँमा पूजापाठ गरी मनोरन्जनात्मक ढंगले मनाइँदैछ ।
बडो निष्ठापूर्वक मनाइने यो पर्वको भोलि अर्थात् सोमवार श्रद्धालु महिलाहरु पोखरी, तलाउ र नदीमा स्नान गरी अाँगनमा घिरौलाको पातमा दहि,चुरा,घिरौलाको फूल चढाई पुजा अर्चना गरी वर्त सम्पन्न गर्ने प्रचलन रहि आएको छ ।




















