सिरहा,असोज १ गते । थारु लघु चलचित्र लैहरा आज देखि प्रदर्शनमा आएको छ । सिरहाको लहान नगरपालिका वडा नं. १५ स्थित राजदवी पंचावती मन्दिरको सभाहलमा थारु भाषमा निर्माण गरिएको नारी कथामा आधारीत थारु लघु चलचित्र लैहराको प्रथम शो प्रदर्शन गरिएको हो ।
आदिवासी थारुको कला संस्कृति लाई जगेर्णा गर्न निर्माण गरिएको उक्त चलचित्रमा चाडपर्वमा नारीहरुको मनोभाव संगै जितिया पर्वको विषय समेटिएको चलचित्रका निर्मार्ति जसो कुमारी चौधरीले जनाईन् ।
थारु भाषाको लैहरा शब्दका नेपालीमा अर्थ माईती हो । थारु भाषामा लैहराको महत्वका विषयमा थारु विवाहित महिलालाई जितिया पर्वको वेला लैहरा जाने साथीसंगि संग भेट्ने,दुःख सुःख सुनाउने, मनमा उठेको उत्साह लाई समेटिएको छ भने लैहरामा कोही नभएको दुखेसो लाई मार्मीक ढङ्गले चलचित्रमा प्रस्तुत गरिएको निर्देशक शिव थारुले वताउनु भयो ।

थारु लघु चलचित्र लैहरामा हरेकृष्ण चौधरी फकुवा चम्का, आँचल चौधरी चम्की, चन्द्रकुमारी चौधरी, अनुभक्त चौधरी, मिहिलाल शिव चौधरी, तथा अतिथी कलाकारमा भारतका सोनु राज रहेको छ ।
शिव थारुको निर्देशन रहेको उक्त लघु चलचित्रको मुख्य निर्माता जसो कुमारी चौधरी र सह निर्माता रतन कुमारी रहेकी छन् ।
लैहरा चलचित्रमा गित संगित हरेकृष्ण चौधरी फेकुवा चम्काको रहेको छ भने स्वर हरेकृष्ण चौधरी र भारतका सुधा सुमन रहेको छ । संगित संयोजन भारतका शिवम लाल यादवले गर्नु भएको छ । कोरीयाग्राफी श्याम सिंहले गरेका छन् ।



















