X wada

मुख्य समाचार

    Showing ३१-४० of २,९६७ items.
  • सिराहाको बरियारपट्टीमा छोटी भन्सार कार्यालय हटाउने निर्णयविरुद्ध आन्दोलन जारी

    बरियारपट्टी,बैशाख २६ गते  बरियारपट्टी स्थित छोटी भन्सार कार्यालय हटाउने निर्णयको विरोधमा स्थानीयवासी तथा सरोकारवालाहरूको आन्दोलन तेस्रो दिन पनि जारी रहेको छ।आन्दोलनकारीहरूले सडकमा धर्ना दिँदै सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले छोटी भन्सार कार्यालय हटाइए स्थानीय व्यापार, राजस्व संकलन तथा सर्वसाधारणको दैनिक गतिविधिमा प्रत्यक्ष असर पर्ने बताएका छन्।स्थानीय व्यापारी, बुद्धिजीवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समेत आन्दोलनमा सहभागी भएका छन्। आन्दोलनका कारण केही समय यातायात आवागमनसमेत प्रभावित भएको स्थानीयहरूले बताएका छन्।आन्दोलनकारीहरूले सम्बन्धित निकायसँग वार्तामा

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • २०८ पटक पढिएको
  • सिरहामा लागूऔषधसहित तिन जना पक्राउ

    सिरहा,बैशाख २६ गते । जिल्ला प्रहरी कार्यालय सिरहाले लागूऔषध जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार धनगढीमाई नगरपालिका वडा नं। २ स्थित क्षेत्रमा मोटरसाइकलमा सवार दुई जनाले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको टोलीले चेकजाँच गरेको थियो।चेकजाँचका क्रममा लहान नगरपालिका वडा नं. १ निवासी वर्ष ४२ का देवनाथ चौधरी र सिरहा नगरपालिका निवासी अर्का एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट लागूऔषध जस्तो देखिने पदार्थ बरामद

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • ३०० पटक पढिएको
  • लहानमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशालाको शिलान्यास

    सिरहा, बैशाख ३ गते। मधेस प्रदेशलाई खेलकुदको ‘हब’ बनाउने लक्ष्यसहित सिरहाको लहान नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया सुरु भएको छ। लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले एक विशेष समारोहका बीच रङ्गशालाको शिलान्यास गर्नुभएको हो।लहान नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको उक्त रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने बताइएको छ। शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले यस परियोजनाले स्थानीय क्रिकेट खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।नगरपालिका र निर्माण कम्पनीबीच भएको सम्झौताअनुसार

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • २३६ पटक पढिएको
  • नयाँ वर्षमा मात्र फुल्ने रहस्यमय फूल हेर्न सलहेश फुलबारीमा श्रद्धालुको घुइँचो

    सिरहा, बैशाख १ गते । सिरहाको लहान नगरपालिका वडा नं. १२ र २२ मा अवस्थित सलहेश फुलबारीमा आज वैशाख १ गते अर्थात् नेपाली नयाँ वर्षको अवसरमा हजारौं श्रद्धालु तथा आगन्तुकहरूको घुइँचो लागेको छ।लहान बजारबाट करिब चार किलोमिटर दक्षिण–पश्चिममा रहेको यस धार्मिक, ऐतिहासिक तथा पौराणिक स्थलमा प्रत्येक वर्ष नयाँ वर्षकै दिन मात्र हारमको बोटमा फूल फुल्ने र सोही दिन ओइलाउने अनौठो घटना देख्न पाइन्छ। यस अद्भुत दृश्यलाई प्रत्यक्ष अवलोकन गर्न देश–विदेशबाट समेत ठूलो संख्यामा मानिसहरू यहाँ पुग्ने गरेका छन्।१४औँ शताब्दीका लोकनायक राजा सलहेशको गाथासँग जोडिएको यस स्थलमा फुलेको फूललाई प्रेमको प्रतीकका रूपमा लिने गरिन

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १४८ पटक पढिएको
  • मेलाको सम्पूर्ण तयारी पूरा:सलहेश फूलवारी

    सिरहा चैत्र २९ गते । नयाँ वर्षको अवसरमा लाग्ने ऐतिहासिक तथा पौराणिक महत्त्व बोकेको प्रसिद्ध मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। लहान नगरपालिका वडा नं. १२ र २२ मा अवस्थित यस धार्मिक स्थललाई यतिबेला दुलहीझैँ सिँगारिएको छ।हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने अलौकिक फूल अवलोकन गर्न तथा राजा सलहेशको पूजा–अर्चना गर्न देश तथा विदेशबाट श्रद्धालुहरू यहाँ आउने गर्दछन्। विशेष गरी नेपालका विभिन्न जिल्लासँगै भारतका सीमावर्ती सहरहरूबाट लाखौँ भक्तजन आउने गर्दछन् ।भीड व्यवस्थापनलाई ध्यानमा राख्दै मेला व्यवस्थापन समितिले व्यापक रूपमा स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरेको छ। साथै गर्मी मौसमलाई मध्यनजर गर्दै ठाउ

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १,३६१ पटक पढिएको
  • राजस्व संकलनमा उल्लेखनीय सुधार

    रौतहट, चैत ३० गते । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२र०८३ मा राजस्व संकलनतर्फ उत्साहजनक प्रगति हासिल गरेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष लक्ष्यअनुसार उच्च उपलब्धि प्राप्त भएको कार्यालय प्रमुख विकासकुमार रजकले जानकारी दिनुभयो।गौर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१र०८२ मा कुल लक्षित राजस्व ३५ करोड ४३ लाख ७८ हजार रुपियाँमध्ये २९ करोड ९१ लाख ३० हजार रुपियाँ मात्र संकलन गरेको थियो।चालु आर्थिक वर्ष २०८२र०८३ मा कार्यालयको लक्ष्य ३३ करोड २९ लाख ९२ हजार रुपियाँ रहेकोमा २०८२ चैत २८ गतेसम्म लक्ष्यको ९०।६३ प्रतिशत अर्थात् ३० करोड १८ लाख २ हजार ८१८ रुपियाँ राजस्व संकलन भएको उहाँले बताउनु

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ३६३ पटक पढिएको
  • सल्हेश फुलवारी मेला भर्नेको घुईचो

    सिरहा,चैत ३० गते । सिरहाको लहान नगरपालिका वडा नं.२२ र १२ मा पर्ने ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा नयाँ वर्ष नजिकिंदै गर्दा चहलपहल तीव्र रूपमा बढ्न थालेको छ । हरेक वर्ष वैशाख १ गते आयोजना हुने प्रसिद्ध मेलाको तयारीसँगै भारतबाट समेत श्रद्धालुहरूको आगमन सुरु भइसकेको छ।मेला सुरु हुन अझै एक दिन बाँकी रहँदा नै फूलबारी क्षेत्रमा भक्तजनहरूको उपस्थिति उल्लेख्य देखिएको छ। विशेषगरी नयाँ वर्षकै दिन मात्र फुल्ने विश्वास गरिएको माला आकारको सुनाखरी फूल हेर्न तथा पूजाअर्चना गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौं भक्तजनहरू यहाँ पुग्ने गर्छन्।मेला व्यवस्थापन समितिका अनुसार मन्दिरअगाडि रहेको हारमको

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ४९४ पटक पढिएको
  • वास कार्यक्रमको जिल्ला समन्वय समितिद्वारा अनुगमन

    सिरहा,चैत्र ९ गते ।  सिरहाको लहान नगरपालिकामा विभिन्न दातृ निकायहरूको सहयोगमा सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमको प्रभावकारिता बुझ्न जिल्ला समन्वय समितिले संयुक्त अनुगमन गरेको छ ।जिल्ला समन्वय समिति सिरहाका सभापति, उपसभापति,लहान नगरपालीकाका प्रतिनिधि सहित दातृ निकायका प्रतिनिधिहरूको संयुक्त टोलीले लहान नगरपालिकाका विभिन्न वडामा रहेका दलित बस्ती, अति विपन्न समुदाय र सामुदायिक विद्यालयहरूमा पुगेर आयोजनाहरूको निरीक्षण गरेको हो ।विपन्न र दलित समुदाय प्राथमिकतामा नगरपालिका र वाटर एड लगायतका दातृ निकायहरूको साझेदारीमा सञ्चालित यस कार्यक्रमले विशेष गरी पहुँच नभएका दलित र अति विपन्

    • प्रकाशित मितिः चैत ९, २०८२
    • ४०२ पटक पढिएको
  • २६ वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालनमाः ३५० घरधुरी लाभान्वित

    सिरहा,चैत्र ८ गते ।  सिरहाको लहान नगरपालिका वडा नं. १६ स्थित तरेगनाका बासिन्दाको वर्षौदेखिको शुद्ध खानेपानीको सपना बल्ल पूरा भएको छ । विगत २६ वर्षदेखि अलपत्र अवस्थामा रहेको तरेगना खानेपानी आयोजना ३४ औँ विश्व खानेपानी दिवसको अवसर पारेर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि नै आयोजनाको काम सुरु गरेको थियो । २ लाख २५ हजार लिटर क्षमताको ’ओभरहेड ट्याङ्की’ निर्माण भए तापनि विभिन्न प्राविधिक कारणले यो आयोजना दशकौँदेखि थन्किएको थियो ।लामो समयदेखि जीर्ण बनेको संरचनालाई विकन परियोजनाले मर्मत–सम्भार गर्नुका साथै नयाँ बोरिङ जडान कार्यमा समन्वयक

    • प्रकाशित मितिः चैत ८, २०८२
    • १६६ पटक पढिएको
  • लहानको हात्ती दहमा ’वनस्टे’ सुरुः प्रकृतिसँग रमाउँदै सुलभ बासको व्यवस्था

    सिरहा,चैत्र ५ गते । सिरहा सिरहाको लहान नगरपालिका–१५ स्थित श्री कोइराले नमुना सामुदायिक वन तथा हात्ती दह सिमसार क्षेत्रमा ’वनस्टे’ (पाहुना घर) सञ्चालनमा आएको छ । सामुदायिक वन र सिमसारको सौन्दर्यमा रमाउन आउने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त वनस्टेको लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नुभएको हो ।उद्घाटनका क्रममा नगरप्रमुख चौधरीले भन्नुभयो लहानलाई पर्यटकीय गन्तव्य बनाउने हाम्रो अभियानमा यो वनस्टे एउटा कोशेढुंगा हो । यहाँ आउने पर्यटकले अब सुलभ दरमा घरजस्तै वातावरण पाउनेछन् । यसले एकातिर वनको संरक्षणमा टेवा पुग्नेछ भने अर्कोतिर स्थानीय समुदायको आर्थिक स्तर उकास्न मद्द

    • प्रकाशित मितिः चैत ५, २०८२
    • १९२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२