सिरहा,चैत्र ९ गते ।  सिरहाको लहान नगरपालिकामा विभिन्न दातृ निकायहरूको सहयोगमा सञ्चालित खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमको प्रभावकारिता बुझ्न जिल्ला समन्वय समितिले संयुक्त अनुगमन गरेको छ ।

जिल्ला समन्वय समिति सिरहाका सभापति, उपसभापति,लहान नगरपालीकाका प्रतिनिधि सहित दातृ निकायका प्रतिनिधिहरूको संयुक्त टोलीले लहान नगरपालिकाका विभिन्न वडामा रहेका दलित बस्ती, अति विपन्न समुदाय र सामुदायिक विद्यालयहरूमा पुगेर आयोजनाहरूको निरीक्षण गरेको हो ।

विपन्न र दलित समुदाय प्राथमिकतामा नगरपालिका र वाटर एड लगायतका दातृ निकायहरूको साझेदारीमा सञ्चालित यस कार्यक्रमले विशेष गरी पहुँच नभएका दलित र अति विपन्न परिवारलाई लक्षित खानेपानी, सरसफाई तथा स्वच्छता वास कार्यक्रम संचालन गरेको छ । 

vlcsnap-2026-03-23-16h44m27s70

अनुगमनका क्रममा टोलीले ती समुदायमा जडान गरिएका खानेपानीका धारा, शौचालयको अवस्था र सरसफाइ सम्बन्धी सचेतनाका गतिविधिहरूको अवलोकन गरेको छ ।

विद्यालयमा स्वच्छता अभियान अनुगमन टोलीले सामुदायिक विद्यालयहरूमा पुगेर विद्यार्थीहरूका लागि निर्माण गरिएका बालमैत्री तथा लैङ्गिक मैत्री शौचालय र खानेपानी पूर्वाधारको समेत जाँच गरेको छ । विद्यालयमा तीन तारा पद्धति अनुसार स्वच्छता कायम भए नभएको र विद्यार्थीहरूले स्वच्छताका व्यवहारहरू अपनाएका छन् कि छैनन् भन्ने विषयमा टोलीले चासो राखेको थियो । 

संचालित कार्यक्रमलाई अझ प्रभावकारी बनाउन र अगामी दिनमा गरिने कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालाहरुलाई अनुगमनको आवश्यकता भएको दलित जनकल्याण युवा क्लवका कार्यक्रम संयोजक विनोद कुमार विसुन्केले जानकारी दिनुभयो । 

vlcsnap-2026-03-23-16h43m47s183

  अनुगमन पछि बोल्दै जिल्ला समन्वय समितिका सभापतिले भन्नुभयो, विपन्न समुदाय र विद्यालयमा पुगेको यो सेवाले नागरिकको स्वास्थ्य र मर्यादामा ठूलो परिवर्तन ल्याएको देखिन्छ । यसलाई दिगो बनाउन स्थानीय उपभोक्ता समिति र विद्यालय व्यवस्थापन समितिको सक्रियता आवश्यक छ ।

कार्यक्रमलाई अझ प्रभावकारी बनाउन र कुनै प्राविधिक समस्या भए तत्काल समाधान गर्न नगरपालिका र दातृ निकायलाई सुझाव समेत दिइएको छ । लहान नगरपालिकाले यसै वर्षभित्र नगरका चारहजार एक सय घरधुरीमा सुरक्षित खानेपानी र पूर्ण सरसफाइ पु¥याउने लक्ष्य राखेको छ ।

vlcsnap-2026-03-23-16h41m34s130vlcsnap-2026-03-23-16h41m47s10vlcsnap-2026-03-23-16h42m10s231