बरियारपट्टी,बैशाख २६ गते  बरियारपट्टी स्थित छोटी भन्सार कार्यालय हटाउने निर्णयको विरोधमा स्थानीयवासी तथा सरोकारवालाहरूको आन्दोलन तेस्रो दिन पनि जारी रहेको छ।

आन्दोलनकारीहरूले सडकमा धर्ना दिँदै सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। उनीहरूले छोटी भन्सार कार्यालय हटाइए स्थानीय व्यापार, राजस्व संकलन तथा सर्वसाधारणको दैनिक गतिविधिमा प्रत्यक्ष असर पर्ने बताएका छन्।

स्थानीय व्यापारी, बुद्धिजीवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू समेत आन्दोलनमा सहभागी भएका छन्। आन्दोलनका कारण केही समय यातायात आवागमनसमेत प्रभावित भएको स्थानीयहरूले बताएका छन्।

आन्दोलनकारीहरूले सम्बन्धित निकायसँग वार्तामार्फत समस्या समाधान गर्न आग्रह गर्दै निर्णय नसच्याइए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।