सिरहा,बैशाख २६ गते । जिल्ला प्रहरी कार्यालय सिरहाले लागूऔषध जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार धनगढीमाई नगरपालिका वडा नं। २ स्थित क्षेत्रमा मोटरसाइकलमा सवार दुई जनाले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको टोलीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा लहान नगरपालिका वडा नं. १ निवासी वर्ष ४२ का देवनाथ चौधरी र सिरहा नगरपालिका निवासी अर्का एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट लागूऔषध जस्तो देखिने पदार्थ बरामद भएको उल्लेख गरिएको छ।

त्यसैगरी गोलबजार नगरपालिका वडा नं. ४ स्थित चियापसल क्षेत्रबाट पनि प्रहरीले ल्ष्तचबशभउबm त्बदभितक बरामद गर्दै सिरहा नगरपालिका निवासी वर्ष १९ का एक युवकलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।