सिरहा,भाद्र २६ गते । सुरक्षा चुनौतीमा ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज बुधबार विहान १० बजेदेखि भोलि शुक्रबार विहान ६ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेको छ । जिल्लाभित्र शान्ति सुव्यवस्था कायम राख्न सो अवधिको कफ्र्यू आदेश गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ । कफ्र्यू आदेश उल्लंघन गरिएमा कानुन बमोजिम कावारी गरिने व्यहोरा समेत उक्त कफ्र्यू आदेशमा उल्लेख रहेको छ । सिरहामा हिजो बुधबारबाट जनजीवन सामान्य वन्दै गएको छ । कफ्र्यू आदेश हुनु अगावै स्थानीयले दैनिकी किनमेल गरी आ आफ्ना घर फर्किएकाले बजार बसल बन्द छन् भने सडकहरु सुनसान छन् । सेना
सिरहा, भदौ २७ गते । आदिवासी थारू महिलाहरुको मौलिक पर्व जितिया नजिकिँदै गर्दा संस्कृति झल्किने थारू भाषाको गीत लैहरा जेवै गे, हमत लैहरा जेवै गे को म्यूजिक भिडियो सार्वजनिक भएको छ। फोकस सिने आर्ट युट्युब च्यानलमार्फत थारु लघु चलचित्र लैहराको शिर्ष गित थारू भाषामा जितिया पर्वको लैहरा जेवै गे, हमत लैहरा जेवै गे म्युजिक भिडियो सार्वजनिक गरेको हो।शिव थारुको निर्देशन रहेकोलैहरा चलचित्रमा गित संगित तथा स्वर हरेकृष्ण चौधरीकोे रहेको छ भने गायिका भारतका सुधा सुमन रहेको छ । संगित संयोजन भारतका शिवम लाल यादवले गर्नु भएको छ । यस्तै गीत को कोरीयोग्राफी श्याम सिंहले गरेका छन् । &nbs
सिरहा,भाद्र २६ गते । सिरहाको लक्ष्मीपुर पतारी वडा नं. २ पोखरभिण्डामा अवस्थित धार्मिक तथा आस्थाको केन्द्रको रुपमा रहेको वर्षौ पुरानो गढिमाई मन्दिरको जिर्णोद्वारले श्रद्धालु भक्तजनको लागि आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा ऐतिहासिकता बोकेको उक्त मन्दिरमा भाकल पूरा गरे मनोकामना पूरा हुने जनविश्वासको रुपमा प्रख्यात भएको उक्त मन्दिरलाई पर्यटन विकास कार्यालय सिरहामार्फत् जिर्णोद्वार गरिएपछि मन्दिरमा पूजा पाठ गर्नेहरुको संख्या बढेको वताइएको छ । हरेक वैशाख महिनाको ७ गतेदेखि ११ गते पाँच दिनसम्म लाग्ने उक्त मेला महोत्सवमा मुलुकभित्र मात्र नभई भारतीय श्रद्धालुहरु भाकल गर्न र भाकल पूरा भएकाह
सिरहा, भदौ, २४ गते । सिरहामा कफ्र्यू आदेशका बाबजुद पनि युवा विद्यार्थी (जीनजी) हरुले आगजनी र तोडफोडमा उत्रिएका छन् । जीनजीको प्रदर्शनी र आजगनी तथा तोडफोडले सिरहा अशान्त बनेका छन् । प्रदर्शनकारीहरुले गोलबजार नगरपालिका, सिरहा नगरपालिका, धनगढीमाई नगरपालिका, लहान नगरपालिका लगायतका एक दर्जन स्थानीय तहका कार्यालयहरुमा तोडफोड गरी सवारी साधनहरुमा आगजनी गरेका छन् भने लहानस्थित मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय, कर कार्यालय, डिभिजन वन कार्यालय लगायत सिरहाका सबै जसो सरकारी कार्यालयहरुमा आगजानी तथा तोडफोड गरेका छन् ।ईलाका प्रहरी कार्यालय लहानमा जीनजी समर्थकहरुले आगो लगाउन जाँद
सिरहा,भदौ १७ गते । सप्तरीको सुरुङ्गा नगरपालिका ८ मा अवस्थित मुसहरनीया मन्दिरको प्रांगणमा नारी कथामा आधारित थारु लघु चलचित्र लैहरा (माईतीघर) को छायांकन शुरु भएकोे छ । एक समारोहबीच शुभ मुहुर्त भएको उक्त थारु लघु चलचित्र विशेष गरी थारु महिलाले विवाह पश्चात् चाडपर्वको बेला माईती घरमा जाँदा गरिने क्रियाकलाप र विवाह पश्चात् आउने परिवर्तन तथा मनोभावनालाई समेटिएको वताइएको छ । थारु कल्याणकारी सभाका कन्द्रीय सदस्य शिव नारायण चौधरी शिवाको निर्देशन रहेको उक्त लघु चलचित्रको मुख्य निर्माता जसो कुमारी चौधरी र सह निर्माता मिहिललाल चौधरी र रतन कुमारी रहेकी छन् । लैहरा चलचित्रमा गित संगित हरेकृष्
राजविराज, १६ भदौ । ठेक्का लागेको पुल र सडकहरुको निर्माणमा ढिलाई भईरहेको भन्दै प्रधानमन्त्री र मधेश प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउन सप्तरीको छिन्नमस्ता गाउँपालिकामा हस्ताक्षर अभियान सुरु गरिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री उमेशकुमार यादवको नेतृत्वमा हस्ताक्षर अभियान सुरु गरिएको हो । नेपाल सरकार र मधेश प्रदेश सरकारद्वारा ठेक्का लागेको पुल र सडकहरु निर्माण व्यवसायी र सम्बन्धित निकायको उदासिनताका लामो समयसम्म अलपत्र पर्दा सर्वसाधारण नागरिकले सास्ती भोग्दै आएकाले प्रधानमन्त्री र मधेश प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन हस्ताक्षर अभियान सुरु गरि
सिरहा,साउन २९ गते । अबैध तरिकाले दुम्सी मारेर लगदै गरेको अबस्थामा ६ वटा दुम्सी सहित ४ जनालाई वन कर्मचारीहरुले पक्राउ गरेका छन् ।रातीको समयमा टुर गस्ती गर्दै जादाँ बर्दिवास बाके सडक खण्ड अन्र्तगत शंका लागी चेक जाँच गर्ने क्रममा निजहरु दुई वटा मोटर साईकलमा मारेको दुम्सी र माउ गरी जम्मा ६ वटा मारेको लगदै गरेको अबस्थामा पक्राउ गरेको छ ।डुम्सी मारी लगदै गरेको अबस्थामा पक्राउ गरी आवश्यक कारवाहीको लागी सब डिभिजन वन कार्यालय बाँके लक्ष्मीनियामा बुझाईएको डिभिजन वन कार्यालय महोत्तरीका डिभिजनल वन अधिकृत सन्तोष कुमार झाले बताउनु भयो । पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भ
सिरहाऽसाउन २८ गते । सिरहाकाे धनगढीमाई नपाकाे धनगढी बजार देखि २ सय मिटर पश्चचिम नवजात शिशु फेला परेकाे छ ।विहानकाे समयमा धनगढीबजार लागने बाबुराम खाेलाकाे पुल नजिक उत्तरपट्टी छेउमा जनमेकाे नवजात शिशु फ्यालिएकाे अवस्थामा फेला परेकाे छ ।बजारकाे दिन भएकाेले स्थानियले देखे पछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउन साथ प्रहरी टाेली घटना स्थलमा पुगी साे बारे आवश्यक अनुसन्धान गरिरहेकाे इलाका प्रहरी कार्यालय धनगढीले बताउनु भयाे । अनुसन्धान पछि मात्र थप कुरा खुल्ने प्रहरीले बताउनु भयाे र
राजविरज, २२ असार । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरस्थित सर्पदंश उपचार केन्द्रबाट नेपाली सेनाको जनशक्ति फिर्ता लैजाने निर्णय बिरुद्ध स्थानीयहरु आन्दोलनमा उत्रेका छन् । नेपाली सेनाको बरख गण भलुवाही ब्यारेक राजविराजले नेपाली सेनाको अपरेशनल आवश्यकताका लागि भन्दै सर्पदंश उपचार केन्द्रमा खटिएका सैनिक जनशक्तिलाई असार मसान्तभित्र फिर्ता हुन निर्देशन दिएको छ । सेनाको बरख गण भलुवाहीले २०८२ जेठ २० गते सर्पदंश उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापन समिति कल्याणपुरलाई पठाएको पत्रमा भनिएको छ,‘‘ सर्पदंश उपचार केन्द्रमा तैनाथ रहेका गणका फौजहरु नेपाली सेनाको अपरेशनल आवश्यकताका कारण मिति २०८२ असार म
विनिता साह सिरहा,असार ६ गते । गाँउघरमा घुम्टोमा बस्ने महिला अहिले घुम्टो त्यागेर सिटि रिक्सा चलाउदै आएकी हुन् ललिता ।२६ वर्षीय ललिता कुमारी महतो अहिले आफनो परिवार खर्च, श्रीमान्को उपचार र छोरा छोरी पढाउन उनी सडकमा रिक्सा चलाउदै आएकी हुन् ।विप्पन परिवारमा रहेकी सिरहा जिल्ला लहान नगरपालिका वडा नं.२४ मलहनमा बस्ने सतरुधन महतोको श्रीमती ललिता घुम्टोमा घरमा बस्ने वेला सिटि रिक्सा लिएर सडकमा चलाउछिन् ।गत वर्ष श्रीमान् सडक दुर्घटनामा परी अपाङ्ग भएपछि उनी घुम्टो त्यागन बाध्य भएका छन् ।ललिताको सहासिक कदमले गाँउघरका महिलाहरुको लागी प्रेणा बनेका हुन तर गाँउघरमा महिलाले सिटि रिक्सा चलाएको भन्दै
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.